रवि लामिछाने सहित १४ जनालाई प्रतिवादी कायम गरेर प्रहरीले बुझायो सहाराको अनुसन्धान प्रतिवेदन
काठमाडौँ । पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित १४ जनालाई प्रतिवादी कायम गर्नुपर्ने राय दिएर प्रहरीले चितवनको सहारा बचतको प्रतिवेदन बुझाएको छ । सहारा बचतको अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइएको चितवनका* एसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।
प्रहरीले लामिछाने, पूर्वडीआईजी छविलाल जोशी र कुमार रम्तेलसहित १४ जनालाई प्रतिवादी बनाउन राय दिएको छ ।
यसअघि १७ जनालाई प्रतिवादी बनाएर दर्ता गरिएको अभियोग पत्र अदालतमा विचाराधीन छ । प्रहरीले बचतकर्ताको ३८ करोड ९ लाख ७९ हजार १७७ रुपैयाँ भराउनुपर्ने मागदाबी लिन राय दिएको छ ।
अनुसन्धानबाट गोरखा मिडियासहितका कम्पनीहरूमा ४३ करोड १४ लाख ९९ हजार ९२८ रुपैयाँ अपचलन भएको देखिएको छ । गोरखा मिडियामा सहारा बचतबाट १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ अपचलन भएको अनुसन्धानबाट देखिएको एसपी मिश्रले जानकारी दिए ।
जीबी ग्रुप अफ कम्पनीमा ९ करोड ७० लाख र नेचर हब्र्समा ९ करोड ७३ लाख ८१ हजार अवैध तरिकाले गएको भेटिएको छ । स्प्रिङ उड र नेचर नेस्टमा पनि गलत तरिकाले रकम गएको भेटिएको एसपी मिश्रले जानकारी दिए ।
*सच्याइएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण