स्रोत नखुलेको १५ लाख ७० हजारसहित युवक पक्राउ
शुक्रबार, ०४ माघ २०८१, २१ : ५८
काठमाडौँ । प्रहरीले कपिलवस्तुबाट स्रोत नखुलेको रकमसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मायादेवी गाउँपालिका वडा नम्बर–७ घर भएका ३० वर्षीय निरज कुमार मिश्र छन् ।
साइकल चढेर उनी झोलामा नगद लिएर तौलिहवातर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । उनको साथबाट १५ लाख ७० हजार रुपैयाँ बरामद गरिएको कपिलवस्तुका एसपी निरञ्जनदत्त भट्टले रातोपाटीलाई बताए ।
उनीविरुद्ध हुण्डि सम्बन्धी कसुरमा अदालतबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्वराजा थानीको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
-
त्रासमा महानगर प्रहरी, सडकमा निस्कन नसक्दा सहर अस्तव्यस्त
-
मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनको पहिलो सर्किट सञ्चालनमा, राष्ट्रिय प्रसारण प्रणाली थप सुदृढ
-
कुवेत र इराकका नेपालीलाई सतर्क रहन राजदूतावासको आग्रह
-
चितवनमा होटल सञ्चालक पक्राउ
-
पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण