टिकटकलाई आपत, ट्रम्पलाई गुहार माग्ने सीईओ च्यूको तयारी
काठमाडौं । अमेरिकी सर्वोच्च न्यायालय अर्थात् सुप्रिम कोर्टले टिकटकमाथि प्रतिबन्धको कानूनलाई यथावत राख्ने आदेश दिएसँगै टिकटक मालिकलाई आपत परेको छ ।
आइतबारसम्म टिकटकको मूल चिनिया कम्पनी बाइटडान्सले प्लेटफर्म नबेचे अमेरिकामा प्रतिबन्धको सामना गर्नु पर्ने भएको हो । टिकटकले कानूनलाई चुनौति दिई गरेको अपिललाई सुप्रिम कोर्टले खारेज गरेर प्रतिबन्धको कानूनलाई यथावत राखेको छ ।
अमेरिकामा टिकटकका १७० मिलियन भन्दा बढी उपयोगकर्ता रहेका बताइन्छ । टिकटकको तर्क सर्वोच्च न्यायालयले सर्वसम्मतिले खारेज गरिदिएपछि वेब होस्टिङ्गबाटै प्लेटमर्फ हटाउनु पर्ने फसाद परेको हो । नभए टिकटकले तत्काल अमेरिकी संस्करणको लागि खरिदकर्ता खोज्नु पर्नेछ ।
ह्वाइटहाउसले आउने सोमबार कार्यभार सम्हाल्ने ट्रम्प प्रशासनले थप डण्डा लगाउने प्रतिक्रिया दिएको छ । ट्रम्पले डिजिटल प्लेटफर्मका सन्दर्भमा दीर्घकालिन निर्णय लिने कसम खाइसकेका छन् ।
टिकटकका सीईओ शो जी च्यूले ट्रम्पको शपथ समारोहमा विशिष्ट पाहुनाको रुपमा सहभागी हुने र ट्रम्प प्रशासनलाई टिकटक प्लेटफर्मलाई उपलब्ध राखिरहने प्रतिवद्धताका लागि गुहार माग्ने तयारी गरेका छन् ।
गत वर्ष पारित कानूनले टिकटकको मूल कम्पनी बाइटडान्सलाई १९ जनवरी २०२५ सम्म पूर्ण प्रतिबन्धबाट बच्नका लागि प्लेटफर्मको अमेरिकी संस्करण एक तटस्थ समूहलाई बेच्न अनुमति दिएको थियो । तर, अहिलेसम्म त्यो विक्री हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण