कांग्रेस नेता महत दिल्ली प्रस्थान
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । भोली आइतबार आयोजना हुने नेपाली काँग्रेस निकट नेपाल जनसम्पर्क समितिको वार्षिक भेलालाई सम्बोधन गर्न उनी दिल्ली उडेका हुन् ।
समितिले नेपाल–भारत सम्बन्ध बीपी विचार प्रवासी समस्या विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना पनि गरेको छ । सो कार्यक्रममा उनले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका निजी सचिवालयले जनाएको छ । नेता महत सोमबार नेपाल फर्किने कार्यक्रम रहेको छ ।
कार्यक्रमपछि केही उच्च स्तरीय भेटघाट पनि रहेको छ । तर कोकोसँग भेट्ने अहिले खुलाइएको छैन । नेता महत पूर्व परराष्ट्र मन्त्री पनि हुन् ।
नेपाल–भारत बिच पछिल्लो समय बिग्रिँदै गएको सम्बन्धलाई सुधार गर्न काँग्रेसका नेताहरू दिल्ली आउजाउ गरिरहेका छन् ।
यसअघि परराष्ट्र मन्त्री समेत रहेकी काँग्रेसकी नेतृ डा. आरजु राणा दिल्ली गएको बेला भारतले खासै महत्त्व दिएको थिएन । त्यसपछि काँग्रेसका नेताहरू सुटुक्क भारत आउजाउ गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण