कांग्रेस नेता महत दिल्ली प्रस्थान

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । भोली आइतबार आयोजना हुने नेपाली काँग्रेस निकट नेपाल जनसम्पर्क समितिको वार्षिक भेलालाई सम्बोधन गर्न उनी दिल्ली उडेका हुन् ।
समितिले नेपाल–भारत सम्बन्ध बीपी विचार प्रवासी समस्या विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना पनि गरेको छ । सो कार्यक्रममा उनले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका निजी सचिवालयले जनाएको छ । नेता महत सोमबार नेपाल फर्किने कार्यक्रम रहेको छ ।
कार्यक्रमपछि केही उच्च स्तरीय भेटघाट पनि रहेको छ । तर कोकोसँग भेट्ने अहिले खुलाइएको छैन । नेता महत पूर्व परराष्ट्र मन्त्री पनि हुन् ।
नेपाल–भारत बिच पछिल्लो समय बिग्रिँदै गएको सम्बन्धलाई सुधार गर्न काँग्रेसका नेताहरू दिल्ली आउजाउ गरिरहेका छन् ।
यसअघि परराष्ट्र मन्त्री समेत रहेकी काँग्रेसकी नेतृ डा. आरजु राणा दिल्ली गएको बेला भारतले खासै महत्त्व दिएको थिएन । त्यसपछि काँग्रेसका नेताहरू सुटुक्क भारत आउजाउ गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षको बजेट कस्तो चाहन्छ निजी क्षेत्र ?
-
जीपीएका आधारमा विद्यार्थी भर्ना गर्दै सीटीइभीटी
-
पटक-पटक बिजुली गएपछि मध्यरातमा विद्युत् प्राधिकरण तालचोकका कर्मचारीको मापसे चेक
-
यातायातको सुविधासँगै मालिकाधुरी यात्रा सहज बन्यो
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?
-
लमजुङमा विद्युत् उत्पादन वृद्धि भएन