समाचार
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री थापामाथि हातपात
शनिबार, ०५ माघ २०८१, २१ : ३९

काठमाडौँ । कोशी प्रदेशमा पूर्व मुख्यमन्त्री उद्धव थापामाथि हातपात भएको छ । झापाको कन्काई नगरपालिका वडा नम्बर–१ मा हातपात भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले रातोपाटीलाई बताए ।
हातपातमा संलग्न विद्युत् प्राधिकरणको सुरुङ्गा शाखामा कार्यरत हेल्पर र सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।
कन्काइमा कार्यक्रम सकेर घरतिर फर्किने क्रममा थापामाथि विद्युत् प्राधिकरणका कर्मचारीले गाडी ओभरेटको विषयमा विवाद गरेर आक्रमण गरेका हुन् । बिर्तासिटी अस्पतालमा उपचारपछि पूर्व मुख्यमन्त्री थापा घर फर्केका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ सय २० जना सशस्त्र प्रहरीमाथि विभागीय कारबाही
-
बन्दिपुरमा वडासचिव कुटिए, मादीका कर्मचारी आन्दोलित
-
कुलमानबारे उर्जामन्त्री खड्का, ‘उहाँ देवता होइन, अराजक गतिविधिमाथि लगाम त लाउनैपर्छ’
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा एकतर्फी कालोपत्र चैतसम्ममा सक्ने लक्ष्य
-
निष्क्रिय बन्यो ८ दलीय मधेसी मोर्चा, गतिविधि शून्य
-
प्रचण्डमाथि सूर्य थापाको कटाक्ष