दोस्रो चरणको युद्धविराम विफल भए हमासविरुद्ध फेरि युद्ध गर्ने नेतन्याहूको घोषणा

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले दोस्रो चरणको युद्धविराम विफल भए हमासविरुद्ध फेरि युद्ध गर्न आफुहरु तयार रहेको बताएका छन् ।
आइतबार सम्झौता लागू गर्ने समय आउनुभन्दा केही घण्टा पहिले एक टेलिभिजन सम्बोधनमा नेतन्याहूले भने, ‘युद्धविराम अस्थायी हो । इजरायलले गाजामा फेरि आक्रमण सुरु गर्ने अधिकार सुरक्षित छ ।’ उनले आफुलाई यसो गर्नका लागि अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको समेत समर्थन रहेको बताइन्छ ।
नेतन्याहूले आफुहरुले मध्यपूर्वको अनुहार बदलेको र अब हमास पूर्णरुपमा एक्लो भएको अभिव्यक्ति समेत दिएका छन् । युद्धविराम स्थानीय समय अनुसार विहान ८ः३० बजे लागू हुने भनिएको छ ।
शनिबारको सम्बोधनअघि नेतन्याहूले ‘इजरायल तबसम्म सम्झौता लागू गर्ने छैन, जबसम्म हमासले रिहा गर्ने बन्धकहरुको पूर्ण सूची प्राप्त हुँदैन’ भनेका थिए । इजरायल सम्झौता उल्लंघन नसहने उनको भनाइ छ ।
इजरायली सञ्चारमाध्यमले हमासले रिहा गर्ने ३३ बन्धकहरुको सूची सार्वजनिक गरेपनि अधिकारीहरुले त्यसको आधिकारिक पुष्टि गरेका छैनन् । आइतबार रिहा हुने तीन बन्धकको नाम अझै प्राप्त नभएको आरोप अधिकारीहरुले लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेनिकट कर्मचारीको महाधिवेशन : रेमन्त र भवानीबिच प्रतिस्पर्धा हुने
-
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
-
समयले हटाए इन्डियाज गट लेटेन्टका सबै एपिसोड
-
सार्वजनिक वाईफाई प्रयोग गर्नु कति सुरक्षित ?
-
जनयुद्ध न्यायका लागि लडिएको मुक्तियुद्ध थियो : सहयात्री
-
नागरिकता सम्बन्धी ट्रम्पको निर्णयपछि सकसमा छन् भारतीय