दोस्रो चरणको युद्धविराम विफल भए हमासविरुद्ध फेरि युद्ध गर्ने नेतन्याहूको घोषणा
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले दोस्रो चरणको युद्धविराम विफल भए हमासविरुद्ध फेरि युद्ध गर्न आफुहरु तयार रहेको बताएका छन् ।
आइतबार सम्झौता लागू गर्ने समय आउनुभन्दा केही घण्टा पहिले एक टेलिभिजन सम्बोधनमा नेतन्याहूले भने, ‘युद्धविराम अस्थायी हो । इजरायलले गाजामा फेरि आक्रमण सुरु गर्ने अधिकार सुरक्षित छ ।’ उनले आफुलाई यसो गर्नका लागि अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको समेत समर्थन रहेको बताइन्छ ।
नेतन्याहूले आफुहरुले मध्यपूर्वको अनुहार बदलेको र अब हमास पूर्णरुपमा एक्लो भएको अभिव्यक्ति समेत दिएका छन् । युद्धविराम स्थानीय समय अनुसार विहान ८ः३० बजे लागू हुने भनिएको छ ।
शनिबारको सम्बोधनअघि नेतन्याहूले ‘इजरायल तबसम्म सम्झौता लागू गर्ने छैन, जबसम्म हमासले रिहा गर्ने बन्धकहरुको पूर्ण सूची प्राप्त हुँदैन’ भनेका थिए । इजरायल सम्झौता उल्लंघन नसहने उनको भनाइ छ ।
इजरायली सञ्चारमाध्यमले हमासले रिहा गर्ने ३३ बन्धकहरुको सूची सार्वजनिक गरेपनि अधिकारीहरुले त्यसको आधिकारिक पुष्टि गरेका छैनन् । आइतबार रिहा हुने तीन बन्धकको नाम अझै प्राप्त नभएको आरोप अधिकारीहरुले लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या दुई हजार नाघ्याे : विश्व स्वास्थ्य सङ्गठन
-
कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’
-
साहित्यकार शर्माको निधन
-
रातोपाटी समाचार प्रभावः विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
सुडानमा प्राकृतिक स्रोतको दोहनले गृहयुद्ध लम्ब्याइरहेको संयुक्त राष्ट्र सङ्घको निष्कर्ष
-
बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण