सैफ अली खानमाथि चक्कु प्रहार गर्ने अभियुक्त बंगलादेशी नागरिक !
आइतबार, ०६ माघ २०८१, ०९ : ५०
नयाँदिल्ली । बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको घटनाका आरोपी बंगलादेशी नागरिक भएको हुनसक्ने प्रहरीले जनाएको छ । खानमाथि उनको बान्द्रास्थित निवासमा एक अज्ञात व्यक्तिले चक्कु प्रहार गरेका थिए ।
खानमाथि भएको चक्कु आक्रमणको घटनामा मुम्बई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर अभियुक्त बंगलादेशी नागरिक भएको हुनसक्ने बताएको हो।
डिसीपी गेडाम दीक्षितले पत्रकार सम्मेलनमा भने, ‘आरोपित बंगलादेशी भएको आशंका गरिएको छ र उनीसँग भारतीय कागजातहरू छैनन्।’
बिहीबार बिहान सैफ अली खानमाथि उनको बान्द्रास्थित निवासमा अन्धाधुन्ध चक्कु प्रहार गरिएको थियो। यसपछि उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको थियो ।
प्रहरीका अनुसार आरोपीहरूले सैफ अली खानको घरमा प्रवेश गर्न आगलागी हुँदा प्रयोग गरिने भवनको भर्याङ प्रयोग गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण