सैफलाई रक्ताम्मे छाडेर दिदीको घर गएकी थिइन् करिना ?
नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खानमाथि घरमै आक्रमण भएको मामिलामा एक पछि अर्को खुलासा भइरहेको छ । यसैबिच घटनाको समयमा सैफकी पत्नी करिना कपूर खान घरमै रहेको र घटनापछि आफ्नी दिदी करिश्माको घर गएको खुलासा भएको छ ।
रिपोर्टकाअनुसार करिना अस्पतालमा सैफलाई रक्ताम्य अवस्थामा छोडेर दिदी करिश्माको घर गएकी थिइन् । ।
अभियुक्त कान्छो छोरा जहाँगीरलाई मार्न अगाडि बढिरहेको देखेपछि उनलाई बचाउन सैफ बीचमा आएको करिनाले बताएको भन्दै सञ्चारमाध्यमहरूले खबर छापेका छन् । आत्मरक्षाका लागि तरबार लिन अभिनेता फर्कंदा अभियुक्तले उनीमाथि चक्कुले हानेको र उनी घाइते भएको पनि उनले बताइन् ।
करिनाका अनुसार आरोपीले घरबाट केही पनि चोरेका थिएनन् । तर उनी निकै क्रुद्ध देखिन्थे । रिपोर्टका अनुसार करिना पनि घाइते सैफसँगै अस्पताल गएकी थिइन् । घटनापछि उनी निकै डराएकी थिइन् । अस्पतालबाट उनी आफ्नी दिदीको घर गइन् । यो घटनापछि आफू धेरै डराएकी करिनाले आफ्नो बयानमा बताएकी थिइन् ।
यो घटनापछि करिश्मा कपूरले उनलाई खारस्थित आफ्नो घरमा लगेकी थिइन् । तर, बिहान करिना आफ्नो घरमुनि रहेका घरका सहयोगीहरूसँग कुरा गरिरहेको देखिएकी थिइन् । आक्रमणमा सैफको घाँटी र हातमा पनि गहिरो चोट लागेको करिनाले बताइन् । अभिनेताको अवस्थामा सुधारको संकेत देखिएको र उनलाई सामान्य वार्डमा सारिएको हालै गरिएको पत्रकार सम्मेलनमा उनका डाक्टरहरूले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण