आफ्नो उपचारका लागि सैफ अली खानले गरे ३५ लाख ९५ हजारको बीमा दाबी
नयाँ दिल्ली । चर्चित बलिउड अभिनेता सैफ अली खानलाई बुधबार उनको फ्ल्याटमा चोर्ने नियतले घुसेका एक व्यक्तिले छुरा प्रहार गरी घाइते बनाएका थिए । ढाडमा भएको चक्कु प्रहारबाट उनी गम्भीर घाइते भएका छन् ।
घाँटी, ढाड र हात बाहेक शरीरका अन्य भागमा पनि चोट लागेको छ । घटनापछि अभिनेतालाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरियो । आकस्मात अपरेसन गर्नुपर्यो । अपरेसन कयौँ घण्टासम्म चल्यो । अहिले अभिनेताको अवस्था ठिक रहेको र स्वास्थ्य लाभ भइरहेको डाक्टरहरूले बताएका छन् ।
यसैबिच, सैफको मेडिकल बीमा दाबी पत्र लीक भएको छ । पत्रअनुसार उनले आफ्नो उपचारको लागि ३५ लाख ९५ हजार भारुको बीमा दाबी गरेका छन् । सैफको स्वास्थ्य बीमा दाबी फारम माइक्रोब्लगिङ प्लेटफर्म एक्सबाट बाहिरिएको छ । सैफ अली खानले निवा बुपा पोलिसी लिएका थिए ।
कम्पनीले यसमध्ये २५ लाख भारु स्वीकृत गरेको छ । दाबीमा अभिनेता जनवरी २१ मा अस्पतालबाट डिस्चार्ज हुने उल्लेख गरिएको छ । सैफमाथिको आक्रमण अत्यन्तै चिन्ताजनक भएको र आफूले उनको शीघ्र र सुरक्षित स्वास्थ्य लाभको कामना गरेको विज्ञप्तिमा निवा बुपाले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण