बाबा रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी
केरला । योगा गुरु बाबा रामदेव र उनको सहयोगी आचार्य बालकृष्णविरुद्ध जमानती पक्राउ पुर्जी जारी भएको छ । आफ्नो स्वास्थ्यसम्बन्धी उत्पादनबारे भ्रामक विज्ञापन गरेको भन्दै केरलाका औषधि नियामक संस्थाले पतञ्जलि आयुर्वेदविरुद्ध उजुरी दर्ता गरेको आधारमा त्यहाँको अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
द टेलिग्राफका अनुसार पालाक्कड जिल्ला अदालतले उनीहरुविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेको थियो । कन्नुरका ओप्थामोलोजिस्ट केभी बाबुले सन् २०२३ को नोभेम्बर विभिन्न उजुरी दर्ता गरेका थिए । त्यसपछि केरलाको औषधि नियन्त्रण विभागले राज्यका अधिकारीहरूलाई पतञ्जलिविरुद्ध कानुनी कारबाही सुरु गर्न निर्देशन दिएको थियो । कम्पनीमाथि ड्रग एन्ड म्याजिक रेमेडिज (अब्जेक्सनेबल एडभर्टिजमेन्ट) एक्ट, (डीएमआर एक्ट) १९५४ उल्लङ्घन गरेको आरोप छ ।
पतञ्जलिले एक विज्ञापनमा आफ्नो आयुर्वेदिक उत्पादनले उच्च रक्तचाप र डायबिटिज निको पार्ने दाबी गरेको थियो तर डीएमआर एक्ट अनुसार यस्ता विज्ञापन गर्न प्रतिबन्धित गरिएको छ । केभी बाबुले सन् २०२२ मा केन्द्र र प्रदेशका विभिन्न अधिकारीहरू तथा सन् २०२४ को जनवरीमा प्रधानमन्त्रीको कार्यालयमा आफ्नो उजुरी दर्ता गरेका थिए ।
यसअघि, सर्वोच्च अदालतले पनि राज्यहरूलाई त्यस्ता भ्रामक विज्ञापनहरू नियन्त्रण नगरे अवहेलनाको चेतावनी जारी गरेको थियो । योसँगै पालाक्कड जिल्ला अदालतले पुर्जी गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
-
१० बजे १० समाचार : रास्वपा जिल्ला अधिवेशनमा कुटाकुट, भारतसँग बहुआयामिक साझेदारीकाे प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण