स्वर्णलक्ष्मी सहकारी प्रकरण
पूर्व डीआईजी छविलाल जोशीमाथिको थुनछेक बहस सकिएन, प्रहरीको जिम्मा लगाउने आदेश
आइतबार, ०६ माघ २०८१, १६ : ३०
काठमाडौँ । पूर्व डीआईजी छविलाल जोशीको थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको मुद्दामा उनी आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका हुन् ।
उनको बयान सकिएको छ । थुनछेक बहस पुरा नभएपछि न्यायाधीश ठाकुरप्रसाद खरेलले उनलाई प्रहरीको जिम्मा लगाउन आदेश गरेका छन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट जोशीको नाममा १ करोड ३० लाख ऋण निकासा भएको भेटिएको छ ।
थुनछेक बहस पुरा नभएसम्म उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिने प्रहरीका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबमाथि हुथीद्वारा समुद्री नाकाबन्दी घोषणा
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण