‘आउटलः दफा २१९’ का लागि शरीरमा आगो लगाएर सुशीलले गरे एक्सन
काठमाडौंँ । अभिनेता सुशील श्रेष्ठको भरपुर एक्सन रहेको फिल्म हो ‘आउटलः दफा २१९’ । फिल्म फागुनको २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
निर्माण युनिटले हालै फिल्मको ४० लाख खर्च गरेर एउटा एक्सनको दृश्य छायाङ्कन गरेको छ । जसमा सुशीलले नेपाली फिल्ममा अहिलेसम्म प्रयोग नभएको एक्सन गरेको बताइन्छ ।

फिल्मका लागि सुशील आफ्नो शरीरमा आगो लगाएर एक्सनको दृश्य दिएका छन् । यो दृश्यका लागि सुशीलको शरीरमा आगो लगाइएको थियो र उनले आफै एक्सन गरेका थिए । यो दृश्य दर्शकका लागि विशेष हुने निर्माण पक्षको भनाई छ ।
निर्माण पक्षका अनुसार, फिल्ममा करिब ५० मिनेट एक्सन छ । जसलाई हलिउड र कोरियन स्टाइलमा कोरियोग्राफी गरिएको छ । फिल्म पोस्ट प्रोडक्सन सकाएर रिलिजको लागि पूर्ण रूपमा तयार रहेको निर्माता अमित अग्रहरी बताउँछन् ।
विक्की महर्जनको लेखन तथा निर्देशन रहेको फिल्ममा सुशील अलावा शिक्षा सङ्ग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, सोनु लागुन, विशाल पहारी लगायतका कलाकारको अभिनय छ ।
चुल्ठे काजीको एक्सन रहेको यो फिल्ममा साहिल खानको सम्पादन नवीन गुरुङको डीओपी छ । विनोद कठायत कार्यकारी निर्माता र विकास चौधरी सह–निर्माताको रूपमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण