१५० खर्ब डलर पुग्यो अर्बपतिहरूको सम्पत्ति
जुरिख । गएको वर्ष विश्वभरका अर्बपतिहरूको सम्पत्ति २० खर्ब डलरले बढेर १५० खर्ब डलरमा पुगेको छ । वृद्धिको यो आकार गत वर्षको तुलनामा तीन गुणा बढी हो । सोमबार अक्सफामले जारी गरेको एक अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।
२०२४ मा एसियाली अर्बपतिहरूको सम्पत्ति २ खर्ब ९९ अर्ब अमेरिकी डलरले बढेको बताइएको छ । यस क्षेत्रमा एक दशकभित्र कम्तीमा पाँच जना खर्बपति बन्ने भविष्यवाणी पनि प्रतिवेदनले गरेको छ । गएको वर्ष विश्वमा २०४ जना नयाँ अर्बपतिहरू थपिएका छन् ।
यो भनेको औसतमा हरेक हप्ता चार जना हो । प्रतिवेदन अनुसार समीक्षा अवधिमा एसियामा मात्र ४१ जना नयाँ अर्बपतिहरू बनेका छन् । अमेरिकामा ७४ जना नयाँ अर्बपति उदाएका छन् ।
अमेरिकामा मात्रै समीक्षा अवधिमा अर्बपतिहरूको सम्पत्ति दिनकै औसत ३ अर्ब ९० करोड डलरका दरले बढेको छ । विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ)को वार्षिक बैठकको पहिलो दिन प्रत्येक वर्ष अक्सफाम इन्टरनेशनलले यस्तै खालको प्रतिवेदन निकाल्छ । सन् १९९० देखि अर्बपतिहरूको सम्पत्तिमा वृद्धि र गरिबीको अवस्थामा रहेका मानिसहरूको स्थितिमा खासै परिवर्तन नआएको प्रतिवेदनले देखाएको छ ।
४ खर्ब २७ अर्ब डलर नेटवर्थसहित टेस्ला, स्पेशएक्स, एक्स लगायत कम्पनीका मालिक एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति हुन् ।
दोस्रो स्थानमा रहेको एमाजनका हाकिम जेफ बेजोसको नेटवर्थ २ खर्ब ३७ अर्ब डलर छ । फेसबुकको माउ कम्पनी मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गको नेटवर्थ पनि २ अर्ब ११ अर्ब डलर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण