तत्कालीन गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा, ३८ लाख बिगो मागदाबी
काठमाडौँ । बाराको साबिक आदर्श गाविस (जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत)का सचिव आस महमद अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पदमा रहँदा उनले विभिन्न आर्थिक वर्षमा गाविसका लागि विनियोजन भएको रकम हिनामिना गरी अनियमितता गरेको उजुरी परेपछि भएको अनुसन्धानका क्रममा अठतीस लाख तीस हजार पाँच सय रुपैयाँ भ्रष्टाचार भएको पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
अख्तियारका अनुसार गुदरी बजार र मिना बजारका सटरहरु उपभोक्तालाई भाडामा लगाउँदा अपनाइएको विधि पारदर्शी भएको भनी एकिन गर्न सकिने अवस्था नरहेको, निजले सटरहरु उपलव्ध गराउँदा लिएको धरौटी वापतको रकमसँग सम्बन्धित कागजातहरू लुकाई बरबुझारथ समेत नगरेको र १२१ जना उपभोक्ताहरूबाट लिएको आर्थिक वर्ष २०६४/६५ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएबमोजिमको धरौटी वापतको ३८ लाख ३० हजार रुपैयाँ साबिक गाविसको धरौटी खातामा जम्मा गर्नुपर्नेमा सो नगरी वद्नियत राखी अन्सारीले हिनामिना, दुरुपयोग गरेको पाइएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
सोही बराबरको रकम बिगोसहित कैद र जरिवाना सजायको मागदाबी लिई सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विप्लव नेतृत्वको नेकपा (माओवादी)का नेता असल पार्टीबाट निष्कासित
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
-
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘एयर पोलुसन स्टेसन’ले राप्तीमा सहज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण