लुम्बिनी प्रदेश सभामा प्रशिक्षण प्रतिष्ठान स्थापना सम्बन्धी विधेयक पेस
बुटवल । लुम्बिनी प्रदेश सभामा लुम्बिनी अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा उक्त विधेयक मुख्यमन्त्री चेतनारायण आचार्यका तर्फबाट भौतिक पूर्वाधारमन्त्री भूमिश्वर ढकालले पेस गरेका हुन् ।
बैठकको विशेष समयमा बोल्दै प्रदेश सभा सदस्यहरूले प्रदेशमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न, छाडा चौपाया नियन्त्रण गर्न, रातो किताबमा उल्लेख भएका योजनाहरू अहिलेसम्म पनि ठेक्का लाग्न नसकेको र सरकारले विकास बजेट खर्च गर्न नसकेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रदेश सभा सदस्य माया पुनले सार्वजनिक लेखा समितिको बैठक बसेर पुस मसान्तभित्र दायित्व भुक्तानीको लागि निर्देशन दिएको तर, अझै पूर्ण कार्यान्वयन नभएको बताइन् ।
बैठकमा प्रदेश सभा सदस्य विश्व प्रेम पाठकले अघिल्लो वर्षको दायित्व भुक्तानी ढिलाइ हुँदा परेको समस्याबारे ध्यानाकर्षण गराएका थिए । प्रदेश सभा सदस्य अम्बिका काफ्लेले मधेस आन्दोलनका कारण मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको भन्दै ती उपलब्धिको रक्षामा ध्यान दिन आग्रह गरिन् ।
प्रदेश सभा सदस्य इन्द्रकुमारी गहतराजले बालबालिकालाई दण्ड–सजाय, मानसिक यातना दिनेजस्ता घटनाको छानबिन गर्न माग गरिन् ।
प्रदेश सभा सदस्य लोका कुमारी विकले बजेट कार्यान्वयनको गति बढाउनुपर्ने बताइन् । प्रदेश सभा सदस्य कृष्णा थारुले बर्दिया जिल्लामा वन्यजन्तुको आक्रमणबाट मानिसले ज्यान गुमाउनुपर्ने विकराल अवस्था रहेको भन्दै समस्या समाधान गर्न सरकारको योजना के छ भनेर प्रश्न गरिन् ।
प्रदेश सभा सदस्य डिल्लीराज भुसालले बजेट विनियोजन भएरमात्रै नहुने भन्दै त्यसको कार्यान्वयन पक्ष बलियो हुनुपर्नेमा जोड दिए ।
प्रदेश सभा सदस्य हेमा वेल्वासेले यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीले सवारी साधनको कर तथा नवीकरणको शुल्क बुझाउन जाँदा १०० मिटरको लाइनमा बस्नुपर्ने अवस्था रहेको भन्दै ध्यानाकर्षण गराइन् ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले सदनमा उठेका प्रश्नको जवाफ दिएका थिए । उनले जेठ महिनासम्म योजना सम्पन्न गर्ने र असार महिना भुक्तानीको महिनाको रूपमा अघि बढाउने गरी सरकारले तयारी गरेको उनको भनाइ थियो ।
यस वर्ष भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका सबै आयोजना जेठ मसान्तलाई अन्तिम विन्दु मानेर काम सम्पन्न गर्न निर्देशन दिइसकेको उनले बताए ।
प्रदेश सभाको अर्को बैठक मंगलबार दिउँसो एक बजे बस्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण