सानो पार्टीको सांसद भनेर मलाई हेपियो : सांसद शाही

सुर्खेत । कर्णाली प्रदेश सभामा एक मात्र सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद सन्तोषी शाहीले प्रदेश सभामा हेपिएको गुनासो गरेकी छन् । सानो पार्टीको सांसद भनेर आफूलाई हेपिएको उनको भनाइ छ ।
सोमबार बसेको प्रदेश सभा बैठकमा बोल्दै उनले भनेकी छन्, ‘कर्णाली प्रदेश सभामा हामी ४० जना सदस्यहरू कर्णालीकै जनताबाटै निर्वाचित भएर आएका हौँ । हामी सबैको एउटै पद हो, प्रदेश सभा सदस्य । भूमिकाको हिसाबले कोही सभामुख, कोही उपसभामुख, कोही संसदीय दलको नेता, कुनै मुख्यमन्त्री मन्त्री हौंला । हामी कहाँ त्यस आधारमा कुनै सांसदलाई सानो पार्टीको भनेर विभेद गर्ने गरिएको मैले पाएको छु ।’
पार्टीका आधारमा प्रदेशसभा सदस्यलाई ठुलो सानो भनेर व्यवहार गर्नु जनताको भावना र जनमतको कदर नगर्नु भएको उनको भनाइ छ । समानुपातिक र प्रत्यक्ष जुन प्रणालीबाट भएपनि सबै जनताकै मतबाट आएको कुरालाई नजर अन्दाज गर्न नहुने उनको भनाइ छ ।
‘लोकतन्त्र भनेकै विधिको शासन हो,’ उनले अगाडि थपिन्, ‘विधिको शासन अनुसरण गर्ने प्रदेशसभा जस्तो संवैधानिक निकायमै जनमतको कदर नगरी आफूखुसी प्रदेशसभा सदस्यलाई चलाउन खोज्ने चेष्टा नगर्न म सम्बन्धित पक्षलाई विशेष अनुरोध गर्दछु ।’
निर्वाचित भएर आएको दुई वर्ष बितेको र यस अवधिमा गरेका कामकारबाहीको जनताले मुल्याङ्कन गरिरहेको शाहीले बताइन् । प्रदेशसभा र सांसदका लागि राज्यको लगानी अनुसार काम गर्न नसक्ने हो भने भोलि जनताले नै प्रदेशसभाको औचित्यमाथि प्रश्न उठाउने दिन आउने शाहीको भनाइ छ । उनी थप्छिन्, ‘दुई वर्षको अवधिमा न आवश्यक कानुन बनाएका छौँ नत अन्य संसदीय गतिविधिहरू नै । एक किसिमले हामी प्रदेशसभा सदस्यहरू बेरोजगार जस्ता बनेका छौँ ।’
प्रदेश सरकार र प्रदेशसभाले सांसदलाई पर्याप्त भूमिकाहरू दिन नसकेको उनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने
-
नेपालको सिरिज जित्ने सम्भावना बलियो *
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित
-
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?