नेपाली र दक्षिण कोरियाली कविता वाचन
सोमबार, ०७ माघ २०८१, २२ : १९
काठमाडौँ । नेपाल र दक्षिण कोरियाली साहित्यकारबीच आज साहित्यिक विमर्श तथा कवितावाचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, देवकोटा, लुसुन प्रज्ञा प्रतिष्ठान र जरा फाउण्डेशनको आयोजनामा भएको उक्त कार्यक्रममा दुवै मुलुकका कविहरुले कविता वाचन गरेका थिए ।
कार्यक्रममा दक्षिण कोरियाका कविहरु किम ह्याङ ह्यो, छाङ यङ जा, खिम छा नाम, लिह्यो, ओह छुङ्ग्योङ, ली यङ जु, छाङ यङसुक तथा नेपालका कविहरु भूपाल राई, विमल निभा, मातृका पोखरेल, सीता शर्मा, कृष्ण प्रसाईं, बाबा बस्नेत, डा सृजना शर्माले कविता वाचन गरिन् । कार्यक्रममा प्रगति राईद्वारा सम्पादित ‘के–डिका पोएम’ (तस्बिर–कविता) को लोकार्पण गरिएको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले साहित्यले भौगोलिक दूरत्वलाई घटाउने भएकाले यस प्रकारका अन्तरदेशीय साहित्यिक गतिविधिलाई बढाउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण