१३ वर्षपछि रणजी ट्रफीमा फर्किए विराट कोहली
काठमाडौँ । पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा निराशाजनक प्रदर्शन गर्दै आएका भारतका प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले पनि घरेलु प्रतियोगिता रणजी ट्रफी खेल्ने भएका छन् ।
विराट १३ वर्षपछि रणजी ट्रफीमा फर्कन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रणजी ट्रफीको अघिल्लो चरण जनवरी २३ तारिखदेखि सुरु हुने कार्यक्रम छ ।
विराट जनवरी ३० तारिखमा हुने दिल्ली र रेलवेबिचको खेलमार्फत रणजी ट्रफीमा फर्कन लागेको समाचारमा जनाइएको छ । त्यसअघि, हुने सौराष्ट्रविरुद्धको खेलमा भने उनी उपस्थित हुने छैनन् ।
पछिल्लो समय विराट घाँटीको समस्याबाट पिडीत छन् । सोही कारणले उनी सौराष्ट्रविरुद्धको खेलमा अनुपस्थित रहने बताइएको छ । दिल्लीको टोलीका प्रमुख प्रशिक्षक सरनदीप सिंहले पनि विराटले रणजी ट्रफी खेल्ने स्विकारेका छन् ।
‘विराटले दिल्ली क्रिकेट बोर्डका अध्यक्ष रोहन जेटली र टिम व्यवस्थापनसँग भेटेर आफूले रणजी ट्रफी खेल्ने बारेमा जानकारी गराइसकेका छन्,’ प्रमुख प्रशिक्षक सरनदीपले भनेका छन् ।
यसअघि, कोहलीले अन्तिम पटक सन् २०१२ मा रणजी ट्रफी खेलेका थिए । उत्तर प्रदेशविरुद्धको त्यो खेलमा उनले १४ र ४३ रन बनाएका थिए ।
न्युजिल्यान्ड र अस्ट्रेलियाविरुद्धको टेस्ट शृंखलामा भारतीय टोली पराजित भएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले खेलाडीका लागि केही कडा नियम जारी गरेको छ ।
बीसीसीआईको नयाँ नियम अनुसार, राष्ट्रिय टोलीका खेलाडीहरूले पनि घरेलु प्रतियोगिता खेल्नै पर्ने हुन्छ । विराटका अतिरिक्त अन्य केही चर्चित खेलाडीले पनि सन् २०२४–२५ सिजनको रणजी ट्रफी खेल्ने पक्का भइसकेको छ ।
समाचारमा जनाइए अनुसार, भारतीय टोलीका अन्य पाँचजना प्रभावशाली खेलाडीले पनि रणजी ट्रफी खेल्ने भएका छन् । कप्तान रोहित शर्माले पनि रणजी ट्रफी खेल्ने समाचारमा जनाइएको छ ।
यसका अतिरिक्त, युवा ओपनर यशस्वी जैसवाल, शुभमन गिल, अलराउन्डर रविन्द्र जडेजा र विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले पनि रणजी ट्रफी खेल्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण