‘सार्वजनिक लेखा समिति सरकारको लाचार छाया’
काठमाडौँ । माओवादी केन्द्रका सांसद राजन दाहालले संसद्को सार्वजनिक लेखा समिति सरकारको लाचार छाया बनेको आरोप लगाएका छन् ।
मंगलबार बसेको समितिको बैठकमा समिति सरकारको लाचार छाया बनेको भन्दै समिति अपारदर्शी बन्न थालेको बताए ।
‘लेखा समिति सरकारको लाचार छाया भएको जस्तोमात्र होइन अपारदर्शी पनि भयो । समितिलाई सरकारको लाचार छाया बनाइनु हुँदैन’, उनले भने, ‘समितिमा ९५ बटा उजुरी छन्, उजुरीमाथि छलफल नगरी डम्पिङ गरेर राखियो ।’
सांसद दाहालले समिति सभापति नैतिक हिसाबले कमजोर भएको भन्दै सहकारीमा श्रीमती र भ्रष्टाचारमा पीए पनि जोडिएपनि सभापति पदमा बसिरहेको भन्दै कटाक्ष गरे ।
‘नैतिक प्रश्न जोडिएपछि मार्ग प्रशस्त गर्दिनुस् । किनभने लेखा समिति प्रतिपक्षलाई दिने अभ्यास भए पनि तपाईँ लाचार भएर बस्नुभइरहेको छ’, दाहालको सुझाव छ ।
साथै उनले समितिले दायित्व बहन गर्न नसकेको, बेरुजु फर्छौटमा उपसमितिलाई कानुनी अड्चन पुर्याएको भन्दै असुल उपर बेरुजुलाई भ्रष्टाचारकै रूपमा लिनु पर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मन्त्रालयलाई दिएका निर्देशन कार्यान्वयन नभएको बताए ।

‘सार्वजनिक लेखा समितिले गरेका निर्णय कार्यान्वयन भएका छैनन्’, प्रश्न गर्दै यादवले भने, ‘मन्त्रालयले किन जिम्मेवारी बोकेको छैन ? सचिव, अख्तियार र संवैधानिक निकायलाई पनि बोलाएर दिएको निर्देशन किन मान्दैन ? कति कार्यान्वयन भयो ? एक पटक बोलाएर छलफल गर्नुपर्छ ।’
उपसमितिहरूले समितिमा छलफल गर्न औँल्याएका विषय तथा प्राप्त उजुरीमाथि छलफल गर्ने बैठकको एजेन्डा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण