खुमलटारमा जुटेन सहमति, अखिल क्रान्तिकारीको नेतृत्वमा निर्वाचन हुने पक्का
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको भावी नेतृत्वका लागि सहमति जुटाउने गर्ने प्रयास असफल भएको छ ।
अध्यक्ष प्रचण्ड निवास खुमलटार मंगलबार सहमतिबाटै नेतृत्व छनोट गर्नका लागि अध्यक्षका प्रत्यर्थीसहित नेताहरूसँग छलफल भएको थियो । तर अध्यक्षमा आकाङ्क्षीहरू आ–आफ्ना अडानमा रहेपछि सहमतिको प्रयास असफल भएको एक नेताले जानकारी दिए ।
‘हामीले सहमतिमै नेतृत्व छनोट गर्ने विषयमा पार्टीको तर्फबाट अध्यक्षका आकाङ्क्षीसँग छलफल गरेका थियौँ । तर सहमति जुटेन । अब जसलाई जुन पदमा मन लाग्छ उसले उम्मेदवारी दिन पाउँछ । नेता विशेषसँग जोडेर समूह बनाउनु आवश्यक छैन’, रातोपाटीसँग ती नेताले भने ।
यस्तै आजै अध्यक्ष प्रचण्डले विद्यार्थीको विषयमा बनेको कार्यदलका संयोजक शक्ति बस्नेत, अध्यक्षका आकांक्षी, निवर्तमान उपाध्यक्ष लगायत नेताहरूसँग छलफल गरेका थिए ।
छलफलहरूमा सहमतिको प्रयास असफल भएपछि निर्वाचनबाट नै नेतृत्व छनोट गर्नका लागि आज साँझ ६ बजेसम्म निर्वाचन समितिले समय तोकेको छ । माघ १२ गते नेतृत्वको लागि निर्वाचन हुँदैछ ।
अध्यक्षको दाबेदारमा उपमहासचिवहरू विजय प्रकाश शर्मा सापकोटा, तिर्सना हमाल, योगेन्द्र बुढा, पार्वती नेगी, हेमन्त राई, सुदिन पौडेल र विश्वमणि थापा लगायत रहेका छन् । संशोधित विधान अनुसार आयोजक समितिका पदाधिकारी अध्यक्षका दाबेदार बन्न पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण