प्रस्तावनाबाट गृहले हटाएको ‘अपराध अनुसन्धान’ मन्त्रिपरिषद्बाट थप
काठमाडौँ । नेपाल प्रहरी ऐन–२०१२ लाई प्रतिस्थापन गर्न बनेको विधेयक हिउँदे अधिवेशनमा संसदमा पेस गर्नेगरी काम भइरहेको छ । माघ १८ मा संसद् सुरु हुनुअघि नै प्रहरी र सशस्त्र प्रहरीको ऐनसम्बन्धी विधेयक दर्ता गर्नेगरी काम भइरहेको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
पुस २६ मा बसेको मन्त्रिपरिषद्ले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नयाँ ऐनको विधेयक स्वीकृत गरेको थियो । गृह मन्त्रालयका कर्मचारीहरूले नयाँ ऐनको प्रस्तावनामा ‘अपराध अनुसन्धान’ गर्ने प्रहरीको मुख्य जिम्मेवारी हुने विषय हटाएर पेस गरेका थिए । तर, मन्त्रिपरिषद्बाट सो विषय थप भएर आएको प्रहरीका उच्च अधिकृतहरु बताउँछन् । प्रहरीका एकजना उच्च अधिकृत भन्छन्, ‘पहिले अपराध अनुसन्धान भन्ने विषय छुटाइएको रहेछ, अहिले थप भएर आएको छ ।’
प्रस्तावित नेपाल प्रहरी ऐन–२०८१ मा प्रस्तावनामा लेखिएको छ, ‘अपराधको अनुसन्धान गर्नको लागि...।’
गृहमन्त्री रमेश लेखक नेतृत्वको विधायन समितिले पुस १६ मा परिमार्जनसहित विधेयक मन्त्रिपरिषद्मा पेस गरेको थियो । मन्त्रिपरिषद्को विधायन समितिमा प्रस्तावनाबाट अपराध अनुसन्धान शब्द हटाएकोबारे छलफल भएको गृहका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘छलफल पछि अपराध अनुसन्धान शब्द थप गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण