अखिल क्रान्तिकारीको अध्यक्षमा ६ जनाको उम्मेदवारी, अन्य पदमा को–को छन् ?
काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय अध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ । मंगलबार भएको मनोनयन दर्तामा ६ जनाको उम्मेदवारी परेको हो ।
उपदेश यादव, सुदिन पौडेल, हेमन्त राई, योगेन्द्र बुढा, विजय प्रकाश सापकोटा र विश्वमणि थापाले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
त्यसैगरी उपाध्यक्षमा समीर बुढाथोकी, सञ्जीव चौधरी, बिराज थापा, तुलसीराम न्यौपाने, मदन ढकाल, मीनराज ओली , देवेन्द्र शर्मा , पार्वती नेगी , पदम नेपाली, देवकी कार्की र ममता अधिकारीको उम्मेदवारी गरेको स्रोतले बतायो ।
महासचिवमा भने सञ्जीव फुयाँल बन्दुक, रोशन थापा मगर, रोशन खड्का पदम काफ्ले, प्रतीक कार्की, तिर्सना हमाल, गोविन्द बानिया, श्याम रोका तथा कोषाध्यक्ष पार्वता चौलागाई र फुलमाया राणाको उम्मेदवारी परेको छ ।
सर्भरमा समस्या देखिएकाले निर्वाचन समितिले आधिकारिक रूपमा उम्मेदवारको नाम भने सार्वजनिक गरिसकेको छैन । नयाँ नेतृत्वको छनोटका लागि माघ १२ गते निर्वाचन हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण