टर्कीको रिसोर्टमा आगलागी, मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो
अंकारा । टर्कीको एक प्रसिद्ध स्की रिसोर्टमा भएको आगलागीमा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ७६ पुगेको छ । टर्कीको गृह मन्त्रालयले यो जानकारी दिएको हो । यस आगलागी घटनामा मारिएका सबैको पहिचान भइसकेको छैन ।
टर्कीका स्वास्थ्यमन्त्री कमल मेमिसोग्लुले दुर्घटनामा ५१ जना घाइते भएको बताएका छन् । यी मध्ये एक जना आईसीयूमा छन् । बाँकी १७ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । यो आगो नियन्त्रणमा लिन १२ घण्टा लागेको थियो ।
टर्कीका कानूनमन्त्रीले यस घटनामा ९ जनालाई पक्राउ गरिएको बताएका छन् । पक्राउ पर्नेहरूमा रिसोर्टका मालिक पनि छन् ।
आगो कहिले सुरु भयो ?
बोलुमा रहेको १२ तले ग्रान्ड कार्टल होटलमा मंगलबार स्थानीय समय अनुसार बिहान ३ः२७ बजे आगलागी भएको थियो । यतिबेला होटलमा २३४ जना पाहुना थिए ।
बोलु टर्कीको राजधानी अंकाराबाट १७० किलोमिटर उत्तरपश्चिममा रहेको छ । स्थानीय रिपोर्टका अनुसार तापक्रम अत्यन्तै कम भएकाले दमकललाई त्यहाँ पुग्न एक घण्टाभन्दा बढी समय लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण