नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’
काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालमा दुवै घुँडाको सफल प्रतिस्थापन शल्यक्रिया (नी रिप्लेसमेन्ट सर्जरी) गरिएको छ ।
अस्पतालका कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन डा प्रवीण नेपाल नेतृत्वको टिमले रौतहटको चन्द्रपुर ९ की खिलकुमारी देवकोटाको दुवै घुँडाको प्रतिस्थापन शल्यक्रिया गरेको हो । दुवै घुँडा दुखेर अस्पताल आएकी देवकोटाको पहिलो घुँडाको शल्यक्रिया गरेको ७ दिनमा अर्को घुँडाको शल्यक्रिया गरिएको हो ।
प्रतिस्थापन शल्यक्रियामा संलग्न डा नेपालले बिरामीको अवस्था राम्रो रहेको र राम्रोसँग हिँड्न सक्ने भएको बताए ।
बिरामीका आफन्त कृष्ण देवकोटाले खिलकुमारीमा १० वर्षदेखि घुँडा दुख्ने समस्या रहेकोमा अहिले बढी दुख्न थालेपछि नर्भिक आएर डा. नेपालकहाँ जचाएको बताए । ‘बीचमा अरु अस्पतालमा जचाउँदा अप्रेशन गर्नुपर्छ भनिएको थियो, तर, खर्च बढी लाग्ने देखिएको र अप्रेशन गर्न पनि डर लाग्ने भएपछि औषधि खाएर बसिएको थियो,’ देवकोटाले भने, ‘अहिले बढी दुख्न थालेपछि नर्भिक आयौं ।’
उनले थेरापीपछि बिरामी अहिले सामान्य तरिकाले हिँडडुल गर्न सक्ने भएको पनि बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
-
सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण