विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
काठमाडौँ । अमेरिकाले विश्व स्वास्थ्य संगठनबाट बाहिरिने आशयसहित गरेको घोषणाप्रति सो संगठन दुःख व्यक्त गरेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी घोषणाप्रति दुःख व्यक्त गरेको हो ।
संगठनले भनेको छ, ‘संयुक्त राज्य अमेरिका आफ्नो निर्णयबारे पुनर्विचार गर्नेमा हामी आशावादी छौँ र विश्वभरका करोडौँ मानिसहरूको सुस्वास्थ्य र आरोग्यताका लागि संयुक्त राज्य अमेरिका र विश्व स्वास्थ्य संगठन बीचको साझेदारीलाई कायम राख्न सकारात्मक संवाद हुने अपेक्षा गरेका छौं ।’
अमेरिकी नागरिक सहित विश्वभरका मानिसहरूको स्वास्थ्य र सुरक्षा प्रत्याभूत गर्न विश्व स्वास्थ्य संगठनकोे महत्वपूर्ण भूमिका रहेको विज्ञप्तिमा उल्लेख छ ।
सन् १९४८ मा विश्व स्वास्थ्य संगठनको संस्थापक सदस्य बनेको अमेरिकाले त्यसयता १९३ अन्य सदस्य राष्ट्रहरूससँग सहकार्य गर्दै संगठनको कामको तर्जुमा र सञ्चालनमा योगदान दिँदै आएको छ । तर, अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै उनले विश्व स्वास्थ्य संगठनबाट बाहिरिने आशयसहितको घोषणा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण