रुसी राष्ट्रपतिलाई ट्रम्पको चेतावनी-युक्रेन युद्ध समाप्त गर्ने कि आर्थिक दण्ड भोग्ने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई हास्यास्पद युक्रेन युद्ध समाप्त गर्न वा नयाँ प्रतिबन्धको सामना गर्न तयार रहन भन्दै चेतावनीपूर्ण आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत ट्रम्पले आफ्ना रुसी समकक्षीसँग राम्रो सम्बन्ध रहेको भए पनि युक्रेन युद्ध अन्त्यको सम्झौता नगरे नयाँ आर्थिक दण्ड लगाउने चेतावनी दिएका हुन् ।
अमेरिकामा रहेका राजदूत दिमित्री पेलेन्स्किीले प्रतिक्रिया दिँदै ‘हामीले हेर्नु छ, कि सम्झौताको अर्थ के हो ?’ भनेका छन् । योसँगै ट्रम्पले एक कार्यकारी आदेश जारी गरेर सबै शरणार्थीको अमेरिकी यात्रा निलम्बन गरिदिएका छन् । आदेश लगत्तै मेक्सिको सीमामा सैनिक परिचालनको गरिएको छ ।
सामेबार अमेरिकी राष्ट्रपतिको रुपमा आफ्नो दोस्रो कार्यकालको कार्यभार सम्हाल्दै ट्रम्पले कयौँ कार्यकारी कारबाहीको आदेशमा हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशका कन्टेन्ट प्रतिस्थापन विधेयकमार्फत सच्याउन सकिन्छ : घिमिरे
-
रुसी सदनमा १६औँ बाल नाटक महोत्सव, नाटक हेर्न विद्यार्थीको भिड
-
कुलमान घिसिङ आफूखुसी ढङ्गले अघि बढ्न खोजे: ऊर्जामन्त्री
-
जलविद्युत आयोजनाहरूको ठेक्कामा लेनदेन भएको पुष्टि गर्न प्रचण्डलाई ऊर्जा मन्त्रीको चुनौती
-
नेपाल-क्यानडा सम्बन्धको ६० औँ वर्षगाँठ, दिगो विकासमा सहयोग विस्तार गर्ने घोषणा
-
प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन हुन्छन् : महासचिव पोखरेल