रवि लामिछानेकाे थुनछेक बहस सुरु
रुपन्देही । रास्वपा सभापति रवि लामिछानेमाथि थुनछेक बहस सुरु भएको छ । लामिछाने अदालत हाजिर भएसँगै थुनछेक बहस सुरु भएको हो ।
बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत अपचलन गरेको अभियोग लामिछानेमाथि मुद्दा छ । लामिछाने गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक हुन् ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा थुनछेक बहस सुरु भएको हाे। लामिछानेसँग रुपन्देही जिल्ला अदालतले बुधवार बयान सकेपछि परिवार र प्रतिवादीका वकिलको जिम्मा जमानीमा छाडेको थियो ।
जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले बहस सुरु भएको जानकारी दिए। आज सुरुमा वादी सरकारी वकिलको तर्फबाट आधा दर्जन वकिलले बहस गर्नेछन् । जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे वसन्त र उच्चका सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपानेले बहस गर्नेछन् ।
बुधवार अदालतमा उपस्थित भएका लामिछानेको समय अभावले थुनछेक बहस हुन सकेको थिएन । त्यसपछि न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले रविलाई श्रीमती र कानुन व्यवसायीको जिम्मा लगाएका थिए । रवि १० बजेर २५ मिनेट जाँदा अदालत छिरेका छन्। यता सुशील पन्तको नेतृत्वमा बहस हुनेछ।
आज हुने थुनछेक बहसका आधारमा उनी थुनाबाहिर रहने वा थुनामै रहने भन्ने अदालतले आदेश दिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण