सिमेन्ट महँगो भएर निर्माण कार्य गर्नै नसक्ने अवस्था आएको छ : सांसद श्रेष्ठ
बिहीबार, १० माघ २०८१, १५ : ०५
काठमाडौँ । सांसद कृष्णकुमार श्रेष्ठले सिमेन्ट महँगो भएर निर्माण कार्य गर्नै नसक्ने अवस्था आएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै उनले सिमेन्ट आयात गर्नुपर्ने बताएका हुन् ।
‘निर्माण कार्य गर्नै नसक्ने अवस्था आएको छ भने आयात गर्नुपर्छ,’ उनले भने,‘क्लिङ्करमा ५० प्रतिशत भन्सार छ । त्यसलाई कम गरेर क्लिङ्कर आयात गर्नुपर्छ ।’
स्वदेशी उद्योग बन्द गरेर आयात गर्न उचित नभएकाले क्लिङ्कर आयात गर्दा बन्द भएका उद्योग सञ्चालन हुने उनको तर्क छ ।
उनले भने, ‘स्वदेशी उद्योगलाई बन्द गरेर विदेशी आयात गर्ने हाम्रो रहर होइन । क्लिङ्कर आयात गरेर सिमेन्ट उत्पादन गर्ने हो भने बन्द भएका अन्य उद्योग सञ्चालनमा आउँछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण