६ महिनामा ७ हजार ४८ मेट्रिक टन सुन्तला आयात
बिहीबार, १० माघ २०८१, १६ : ३७
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा ७ हजार ४८ मेट्रिक टन सुन्तला भित्रिएको छ । भन्सार विभागका अनुसार सो परिमाणमा सुन्तला आयात गर्दा ५० करोड ६१ लाख ७१ हजार रुपैयाँ खर्च भएको छ ।
यस्तै राज्यले ९ करोड ७५ लाख ०६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको विभागको तथ्याङ्कमा उल्लेख छ । नेपालबाट भने १ लाख ८ हजार रुपैयाँ बराबर ४ मेट्रिक टन सुन्तला निर्यात भएको छ ।
नेपालमा तीन महिना (पुस, माघ र फागुन) सुन्तलाको सिजन हो । तर सिजनमै सुन्तला आयात भएको सरकारी तथ्याङ्कले देखाउँछ । सुन्तला हाल देशभर २९ हजार हेक्टरमा उत्पादन हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण