राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ
बुटवल । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुने बताएका छन् । बिहीबार रुपन्देहीमा देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८१ को उद्घाटन गर्दै उनले संविधान संशोधन गर्दा सवैको सहमतिका आधार गरिने बताएका हुन् ।
मन्त्री गुरुङले संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशिता परिवर्तन नहुने बताए । उनले राजनीतिक स्थिरताको लागि संविधान संशोधन गर्न खोजिएको भन्दै अनावश्यक प्रचार प्रतिपक्ष दल गरेको बताए ।
उनले सुशासन कायम नगर्दासम्म देशको विकास हुन नसक्ने भन्दै कानुनी शासन कायम नहुँदा समस्या विकराल बन्दै जाने बताए ।
उनले राजनीतिक स्थिरतासहित संविधान रक्षाको लागि नेपाली कांग्रेस र नेकपा एमाले मिलेर वर्तमान सरकार बनेको बताए ।
यस्तै प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले देवदहवासीको भूमि सम्बन्धी समस्या समाधान गर्न सरकारको ध्यान जान आवश्यक रहेको बताए । उनले देवदह क्षेत्रमा रहेका पुरातात्त्विक एवं ऐतिहासिक स्थलहरूको उत्खनन गरी प्रचार प्रसार गर्नु पर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण