चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण
ताइयुवान । चीनले साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहीबार ‘नयाँ उपग्रह समूह’ अन्तरिक्षमा पठाएको छ ।
आठ उपग्रहहरूको यो समूहले ‘स्पेससेल कन्स्टेलेसन’ गठन गर्नेछ । स्पेससेल कन्स्टेलेसन अन्तरिक्षयानको एउटा समूह हो, जसले सूर्यको प्रकाशको शक्ति प्रयोग गरेर अन्तरिक्षमा यात्रा गर्न सहयोग गर्दछ । उक्त प्रक्षेपण दिउँसो १ः१५ मा गरिएको थियो ।
प्रक्षेपण लङ मार्च क्यारियर रकेट शृङ्खलाको ५५७औँ उडान मिसन हो । साङ्घाई एकेडेमी अफ स्पेसफ्लाइट टेक्नोलोजीद्वारा विकसित रकेटलाई अक्सिजन र केरोसिन प्रोपेलेन्टको साथ इन्धन गरिएको थियो, जुन प्रदूषणमुक्त छ ।
रकेट निर्माताका अनुसार सन् २०२५ मा १० भन्दाबढी अन्तरिक्ष प्रक्षेपण कार्यक्रम हुनेछ । स्पेससेल एक चिनियाँ उपग्रह ‘मेगा कन्स्टेलेसन’ हो । यसले सन् २०२४ अगस्ट ६ मा व्यावसायिक नेटवर्कको निर्माण सुरु गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण