जन्मसिद्ध नागरिकता बदल्ने ट्रम्पको आदेशलाई न्यायाधीशले रोके
काठमाडौं । अमेरिकी न्यायालयले संविधानमा निहित जन्मसिद्ध नागरिकतालाई बदल्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई अस्थायी रुपमा रोक लगाएको छ । न्यायाधीशले उक्त आदेश पूर्ण रुपमा असंवैधानिक रहेको राय पेश गरे ।
यसअघि ट्रम्ले डाभोस इकोनोमिक फोरममा अमेरिकामा आफ्नो उत्पादन नगर्नेले खरबौँ ठलर ट्यारिफको सामना गर्नु पर्ने चेतावनीपूर्ण अभिव्यक्ति दिएका थिए । ट्रम्पले यो पनि भनेका छन्, ‘क्यानाडा अमेरिकाको एक राज्य बन्न सक्छ ।’ र, अमेरिकालाई क्यानाडाका कार र काठको जरुरत छैन ।
यसैबीच, ट्रम्पले आप्रवासन कारबाही अन्तर्गत सीमामा १५ सय सैनिकलाई प्रतिबन्ध लगाउने आदेश दिएका छन् भने दश हजार सैनिक तैनाथ गर्ने तयारी गरेका छन् । उता क्रेमलिन प्रशासनले युक्रेन युद्धबारे ट्रम्पसँग निरन्तर तथा सम्मानजनक वार्तालापका लागि तयार रहेको प्रतिक्रिया दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । रुसको यो प्रतिक्रिया आउनुअघि ट्रम्पले कि हास्यास्पद रुपमा वर्णित युद्ध नरोके कठोर आर्थिक प्रतिबन्धको सामना गर्नु पर्ने चेतावनी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
-
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण