९ वर्षीया बालिकाको पेटबाट एक किलो कपालको डल्लो निकालियो
नयाँ दिल्ली । भारतको बिहार राज्यको मुजफ्फरपुर जिल्लामा डाक्टरहरूले एक ९ वर्षीया बालिकाको पेटबाट कपालको ठुलो डल्ला निकालेका छन् । करिब दुई घण्टाको अपरेसनपछि बाहिर निस्किएको कपालको डल्लोको एक केजीको भएको बताइएको छ । मुजफ्फरपुरको श्रीकृष्ण मेडिकल कलेज एन्ड हस्पिटल (एसकेएमसीएच) मा भएको यो शल्यक्रिया चर्चाको विषय बनेको छ । बालिकाको पेटमा त्यतिधेरै कपाल कसरी पुग्यो ?
जनवरी १८ मा एक दम्पतीले आफ्नी ९ वर्षीया छोरीलाई पेट दुखेको भन्दै मुजफ्फरपुर मेडिकल कलेजमा ल्याए । ती बालिकाको तीन वर्षको उमेरदेखि नै कपाल टिपेर खाने बानी रहेछ । सानै देखि टाउकोको कपाल उखेलेर खान्थिन् ।
नहाउन भन्दा पनि नमानेपछि मातापिताले टाउको खौरिदिए । तर बिस्तारै कपाल बढ्दै गएपछि फेरि खाइहाल्ने उनको बानी थियो । १५ दिनअघिदेखि बालिकाको पेट दुख्न थाल्यो । पेट दुखेको भन्दै बालिकाले खान र पिउन छोडिन् । करकापले केही खुवायो भने वान्ता गर्थिन् । निजी अस्पतालमा देखाउने क्रममा पेटमा कपाल भएको थाहा भयो । डाक्टरको सल्लाहमा परिवारले बालिकालाई सरकारी अस्पताल लगे ।
बालिकाको पेटभित्रको गाँठो बाहिरबाट छामेरै महसुस गर्न सकिन्थ्यो । अपरेसनपछि पेटबाट निस्किएको कपालको डल्लो झन्डै एक केजीको थियो । बालिका ट्राइकोटिलोमेनिया नामक मानसिक रोगी भएको र उनलाई ट्राइकोबेजोर नामक रोग लागेको डाक्टरले बताएको छ ।
यो रोगमा व्यक्तिले आफ्नो आँखी भौँ, टाउको र छालमा भएको कपाल वा रौँ उखेलेर फ्याँक्छन् । केहीले भने यसरी उखेलेको रौँ/कपाल खान्छन् पनि । यो कपाल पच्दैन । लगातार कपाल खाँदा खाँदा एक अर्कामा टाँसिएर पेटमा कपालको डल्लो बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण