शनिवार हुने राष्ट्रिय युवा सङ्घको भेलामा ११ सय बढी प्रतिनिधि सहभागी हुने

काठमाडौँ । एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा ११ सय बढी प्रतिनिधि सहभागी हुने भएका छन् । काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा शनिवार हुने भेलाको प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटनसहित सम्बोधन गर्ने कार्यक्रम रहेको युवा सङ्घले जनाएको छ ।
शिक्षा, रोजगार, उद्यमशीलता तथा सामाजिक न्याय, समावेशिता र नवीनतामा आधारित योजनाहरूलाई अगाडी सार्दै युवालाई नीति निर्माणमा सहभागिता गराउने उद्देश्यले भेला आयोजना गरेको युवा सङ्घका महासचिव सुमन पुरीले जनाएका छन् ।
युवा सङ्घले भेलामा सहभागी हुन सबै जिल्लाबाट ११ सयभन्दा बढी प्रतिनिधिहरू छनोट गरेको जनाएको छ ।
‘१ हजार १ सय भन्दा बढी प्रतिनिधि भेलामा सहभागी हुन्छन्, पार्टीका नेता कायकर्ता र शुभचिन्तकहरूसमेत गर्दा पाँच हजारको उपस्थिति हुँदैछ’, महासचिव पुरीले भने– ‘युवालाई रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गर्ने सवालमा भेला फलदायी हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन विनाकुनै शंका वार्तामा आउने रुसी दावीविरुद्ध जेलेन्स्कीको कडा प्रतिक्रिया, रिसाए नेटो महासचिव
-
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमै दोस्रो
-
विदेश भ्रमणमै रहेका बेला फेरि श्रममन्त्री भण्डारीको पद धरापमा !
-
१२ बजे, १२ समाचार : भूमिसम्बन्धी अध्यादेशले सरकार नैतिक संकटमादेखि ड्युटीमा रहेका प्रहरी कुट्ने अखिल नेता जोशी पक्राउसम्म
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै