विकास निर्माण तथा सेवा प्रवाहमा निजी क्षेत्रको तुलनामा सरकार कमजोर छ : मुख्यमन्त्री लामा
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विकास निर्माण तथा सेवा प्रवाहमा निजी क्षेत्रको तुलनामा सरकार कमजोर रहेको बताएका छन् । शुक्रबार हेटौंडामा भएको रातोपाटी डटकमसँगको भेटमा उनले सरकारसँग पर्याप्त संरचना र स्रोत साधन भए पनि नीतिगत समस्याका कारण सोचेजति काम हुन नसकेको बताएका हुन् ।
मुख्यमन्त्री लामाले राज्यका संरचनाहरूको निरन्तरको प्रयत्नमा समेत काम प्रभावकारी हुन नसक्ने अवस्था रहेको बताए । प्रदेश सरकारको नीति अनुसार काम गर्न समेत कठिनाइ रहेको उनले बताए । उनले संघीयता बलियो बनाउन नागरिकहरूमा जोडिन जरुरी रहेको औँल्याए ।
‘हामी त व्यवसाय क्षेत्रबाट आएका मान्छे हौँ । एउटा निजी क्षेत्रका व्यवसायीले गर्न सक्ने तर सरकारले गर्न नसक्ने अवस्था छ,’ उनले भने, ‘हाम्रो सिस्टम कहाँ कमजोर बनिरहेको छ । राज्यका स्रोत साधन र संरचनाको प्रयत्नले समेत काम हुन नसक्ने अवस्था बनेको छ । सरकारको योजना अनुसार कुनै प्रविधि लागु गर्ने योजना बनाएर अघि बढ्दा समेत कार्यान्वयनमा समस्या हुने गरेको छ । यसै समस्याले अहिले नागरिकमा चरम निराशा छाएको छ ।’
प्रदेश सरकारले विकास निर्माणलाई प्रभावकारी बनाउने र नागरिकलाई आयआर्जनमा जोड्ने गरी काम गरिरहेको उनको भनाई छ । प्रदेश सरकारले प्रशासनिक कमीकमजोरी हटाउन प्रविधिमैत्री सेवा प्रवाहको सिस्टम विकास गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण