सुदूरपश्चिमको बरघर भलमन्सा ऐन चाँडै आउँछ : मुख्यमन्त्री शाह
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम प्रदेश बरघर भलमन्सा प्रणाली संरक्षण तथा विकास ऐन चाँडै आउने बताएका छन् ।
कैलालीमा शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा थारु कल्याणकारिणी सभा कैलाली र परिवर्तनका लागि युवा समाजको समन्वयमा भएको बरघर भलमन्सा चिराकीहरूलाई विपद् सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
उनले सो ऐनको मस्यौदा आर्थिक मामिला र आन्तरिक मामिला कानुन मन्त्रालयबाट सहमति प्राप्त गरिसकेको बताउँदै चाँडै नै प्रदेश सभामा पेस भई पास हुने समेत जानकारी गराए ।
उनले भने, ‘समाजमा परापूर्व कालदेखि चल्दैको परम्परा बरघर भलमन्सा प्रथा रहेको छ । यसलाई गाउँ समाजले स्वीकार गर्दै आएको छ । यसलाई जोगाउनुपर्छ भनेर हामीले वैधानिक रूपमा अगाडि बढाउन गइरहेका छौ । बरघर भलमन्सा प्रणाली संरक्षण तथा विकास ऐनको लागि विधेयक तयार भएर कानुन र आर्थिक मामिलाबाट सहमति पाइसकेको छ । अब आउने सदनमा यो विधेयक दर्ता हुन्छ र हाउसमा छलफल भएर पास हुन्छ ।’
बरघर भलमन्सा प्रथा थारु समुदायमा परापूर्व कालदेखि चल्दै आएको लोकतान्त्रिक प्रथा हो । जसअनुसार थारु समुदायको जन्मदेखि मृत्यु संस्कारका कार्यदेखि विकास निर्माणको कार्य हुँदै आएका छन् । यसमा आफ्नो बस्तीको नेतृत्व आफै लोकतान्त्रिक विधिबाट छनोट समेत हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण