भाटभटेनीको एकीकृत कर प्रणालीमा पहुँच राखेको आरोपमा दुई जना पक्राउ
काठमाडौँ । आन्तरिक राजस्व विभागले भाटभटेनी सुपर मार्केटलाई उपलब्ध गराएको पोर्टल दुरुपयोग गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत घर भएका २८ वर्षीय सन्तोष पराजुली र २२ वर्षीय परिन पाण्डे छन् ।
उनीहरूले आन्तरिक राजस्व विभागको सफ्टवेयरमा पहुँच बनाएर भाटभटेनीलाई ७ लाख घाटा हुनेगरी करको स्वघोषणा गरेको सीआईबीले गरेको अनुसन्धानबाट थाहा भएको छ । आन्तरिक राजस्व विभागले आफ्नो कर आफैँ स्वघोषणा गर्न भनेर सफ्टवेयरमा युजर र पासवर्ड उपलब्ध गराउँछ ।
भाटभटेनीको युजर र पासवर्ड प्रयोग गरेर उनीहरू सिस्टममा छिरेका हुन् । चितवनस्थित बिहादी बिजनेस म्यानेजमेन्ट नामको अडिट फर्ममा कार्यरत आरोपीहरूले भाटभटेनीको नामबाट १३ करोड वार्षिक करण स्वघोषणा गरेको सीआईबीका एसपी सुधीरराज शाहीले रातोपाटीलाई बताए ।
भाटभटेनीको कर वार्षिक सरदर ६ करोड हुने गरेको भए पनि धेरै स्वघोषणा गरेको थाहा पाएपछि अनुसन्धान गर्दा उनीहरूको संलग्नता देखिएको एसपी शाहीले जानकारी दिए । उनीहरुविरुद्ध प्रहरीले विद्युतीय कसुर सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण