भाटभटेनीको एकीकृत कर प्रणालीमा पहुँच राखेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । आन्तरिक राजस्व विभागले भाटभटेनी सुपर मार्केटलाई उपलब्ध गराएको पोर्टल दुरुपयोग गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत घर भएका २८ वर्षीय सन्तोष पराजुली र २२ वर्षीय परिन पाण्डे छन् ।
उनीहरूले आन्तरिक राजस्व विभागको सफ्टवेयरमा पहुँच बनाएर भाटभटेनीलाई ७ लाख घाटा हुनेगरी करको स्वघोषणा गरेको सीआईबीले गरेको अनुसन्धानबाट थाहा भएको छ । आन्तरिक राजस्व विभागले आफ्नो कर आफैँ स्वघोषणा गर्न भनेर सफ्टवेयरमा युजर र पासवर्ड उपलब्ध गराउँछ ।
भाटभटेनीको युजर र पासवर्ड प्रयोग गरेर उनीहरू सिस्टममा छिरेका हुन् । चितवनस्थित बिहादी बिजनेस म्यानेजमेन्ट नामको अडिट फर्ममा कार्यरत आरोपीहरूले भाटभटेनीको नामबाट १३ करोड वार्षिक करण स्वघोषणा गरेको सीआईबीका एसपी सुधीरराज शाहीले रातोपाटीलाई बताए ।
भाटभटेनीको कर वार्षिक सरदर ६ करोड हुने गरेको भए पनि धेरै स्वघोषणा गरेको थाहा पाएपछि अनुसन्धान गर्दा उनीहरूको संलग्नता देखिएको एसपी शाहीले जानकारी दिए । उनीहरुविरुद्ध प्रहरीले विद्युतीय कसुर सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी जितसँगै पाकिस्तान फाइनलमा
-
पश्चिमी वायुको आंशिक प्रभाव : एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना
-
बिहीबार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
विदेशी मुद्राको भाउ : कसको मूल्य कति ?
-
प्रिमियर लिगमा लिभरपुललाई घाटा, एभर्टनले अंक खोस्यो
-
माथिल्लो त्रिशूली जलविद्युत् प्रभावितलाई सामाजिक उत्तरदायित्वको १७ करोड