कर्णालीका नागरिकले केही गर्न सक्दैनन् भन्ने सोच बदल्नुपर्छ : भूपेन्द्रजंग शाही
सुर्खेत । नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले कर्णाली प्रदेशका नागरिकहरूले केही गर्न सक्दैनन् भन्ने सोच बदल्नुपर्ने बताएका छन् । शुक्रबारदेखि वीरेन्द्रनगरमा आयोजित युवा महोत्सवमा बोल्दै नेता शाहीले कर्णालीबारे भइरहेको भाष्य चिर्नुपर्ने बताए ।
‘कर्णालीबारे सोच बदल्न आवश्यक छ, कर्णाली सम्भावनाको क्षेत्र हो,’ शाहीले भने, ‘कर्णालीको कृषि, पर्यटनमा धेरै सम्भावना भएको प्रदेश हो । तर आज कर्णालीका गाउँहरू खाली भएका छन्, युवाहरू बिदेसिएका छन् ।’ मिहिनेत गर्ने हो भने कर्णालीको माटोमा सुन फलाउन सकिने उनको भनाइ छ ।
नेता शाहीले कर्णाली बदल्नका लागि राजनीतिक दलहरू र बौद्धिक वर्गलाई दलीय स्वार्थ भन्दामाथि उठ्न आग्रह गरे । राजनीतिक पावरका आधारमा भन्दा पनि साझेदारीका आधारमा यसको विकासमा लाग्न जरुरी रहेको उनले बताए ।
युवा रोजगार र समृद्धिका विषयमा सबै एकताबद्ध हुन आवश्यक रहेको पनि उनले बताए ।
परिवर्तनका लागि युवा, राष्ट्र निर्माण मञ्च नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा सुरु भएको कर्णाली युवा महोत्सव शनिबारसम्म चल्नेछ । महोत्सवमा कर्णालीको विकासमा युवाको भूमिका, युवा उद्यमशीलता र सृजनशीलता लगायतका विषयमा प्रेरणादायी सत्रहरू सञ्चालन हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरे क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
साउदी अरब र उरुग्वेबिच बराबरी: अराउजोले टारे उरुग्वेको संकट
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
उरुग्वेविरुद्ध पहिलो हाफमा साउदी अरबको १–० को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण