फागुनदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने राप्रपाको प्रस्ताव, राणालाई पुरानै जिम्मेवारी दिने आश्वासन
काठमाडौँ । राप्रपाले आगामी फागुनदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने प्रस्ताव गरेको छ । आन्दोलन परिचालन समितिका संयोजक तथा महामन्त्री डा. धवलशमशेर राणाले शुक्रबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा हिन्दुराष्ट्र पुनर्स्थापनासहितको पार्टीको एजेण्डा स्थापित गर्न फागुनबाट काठमाडौँ केन्द्रित आन्दोलन गर्ने प्रस्ताव गरेका हुन् ।
उनले बैठकमा फरक राजनीतिक विचार समेत प्रस्तुत गरेको एक नेताले बताए । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले भने मौखिक राजनीतिक प्रतिवेदन पेस गरेका थिए । बैठकमा लचक रूपमा प्रस्तुत भएका उनले महामन्त्री राणालाई संगठन विभाग प्रमुखमा पुनर्बहाली गर्न आफू तयार रहेको बताएको एक नेताले बताए । केहीअघि राणा बिरामी भएको बेलामा लिङ्देनले उनलाई जिम्मेवारीबाट हटाएका थिए । सो विषयमा राप्रपामा विवाद हुँदै आएको छ ।
यस्तै राणाले भने आफू पूर्ण स्वस्थ भएर आइसकेको भन्दै आफूलाई आरामको कुनै जरुरी नरहेको बताएका थिए । उनले संगठन निर्माणको विषयमा नै आफूले पीएचडी गरेको उल्लेख गर्दै पार्टीले बिरामी भएको बेलामा जिम्मेवारी खासेको भन्दै असन्तुष्टि पोखेका थिए ।
बैठकमा आफ्नो फरक विचार प्रस्तुत गर्दै राणाले बिरामी भएको बेलामा मानवीयताको समेत ख्याल नगरी जिम्मेवारी खोसिएको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनप्रति कटाक्ष गरेको अर्का एक नेताले बताए ।
उनले भने, ‘पछिल्लो घटनाक्रम जस्तो पार्टीमा बिरामी हुनै नपाइने, अस्पताल भर्ना भयो कि कारबाही हुने जस्ता साँघुरो मनोवृत्ति नजिर बने राप्रपामा महामन्त्री मात्र होइन, अध्यक्ष, अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरू बिरामी हुनासाथ पद गुम्ने व्यवस्था नियमित हुनेछ ।’
उनले आफूलाई हठात् संगठन विभाग प्रमुखबाट हटाइनु मानवीय, राजनीतिक र वैधानिक कुनै पनि दृष्टिबाट न्यायोचित नभएको समेत बताएको ती नेताको भनाइ छ । केही महिनाअघि राणा उपचारका लागि भारत गएको बेला अध्यक्ष लिङ्देनले उनलाई संगठन विभाग प्रमुखबाट हटाएर उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिएका थिए ।
बैठकमा शुक्रबार प्रतिवेदन पेस गरेको र शनिबार सदस्यहरूले आ–आफ्नो धारणा राख्ने राप्रपाले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण