प्रहरीका २५ एसएसपीको पदस्थापन

काठमाडौँ । नेपाल प्रहरीका २५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई पदस्थापन गरिएको छ । गृहमन्त्री रमेश लेखकले एसएसी पदस्थापनको निर्णय गरेका हुन् ।
रमेश थापालाई बागमती प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरेर आईजीपीको सचिवालयमा काज सरुवा गरिएको छ । अजय केसीलाई साइबर ब्युरो, अनुपमशम्शेर जबरालाई मानव श्रोत विकाश विभाग, नवराज अधिकारीलाई उपत्यका प्रहरी कार्यालय र कृष्ण कोइरालालाई प्रधान कार्यालय स्थित सुपरिवेक्षण तथा अनुगमन महाशाखामा पदस्थापन गरिएको छ ।
होविन्द्र बोगटीलाई सीआईबी, विनोद सिलवाललाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र रन्जु सिग्देललाई महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा पदस्थापन गरिएको छ ।
सन्तोष खड्कालाई गण्डकी प्रदेशमा पदस्थापन गरेर विशेष ब्युरोमा काज सरुवा गरिएको छ । सन्तोषसिंह राठौरलाई प्रदेश समन्वय विभाग र सञ्जय सिंह थापालाई बागमती प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा सामान्य सुधार, कारोबार रकम १३ अर्ब नाघ्यो
-
देश बनाउन फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिनुपर्छ : नारायणकाजी
-
‘पटका पड्केको देखेको थिएँ, इजरायल आएर मिसाइल पड्किएको पनि देखेँ’
-
बर्दिबासमा मोटरसाइकल चोरीको गिरोह पक्राउ
-
भ्रातृसंस्थाबारे सभापति र महामन्त्री थापा दुईतिर
-
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सुरू, पहिलो दिन रबिलाई अग्रता