अखिल क्रान्तिकारी निर्वाचन
अखिल क्रान्तिकारीको २३ औँ नेतृत्व छनोटका लागि मतदान सुरू
शनिबार, १२ माघ २०८१, ११ : १५
काठमाडौँ । अखिल क्रान्तिकारीको २३ औं नेतृत्व छनोटका लागि देशभर ८ वटा निर्वाचन केन्द्रबाट मतदान सुरू भएको छ । सो निर्वाचनमा भावी अध्यक्षका लागि ४ जना चुनावी मैदानमा उत्रिएका छन् ।
उक्त संगठनका ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य र १६२ केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको हो । झण्डै दुई घन्टा ढिलो गरि सुरु भएको मतदान साँझ ६ बजेसम्म हुने निर्वाचन समितिका प्रमुख मुक्ति प्रधानले जानकारी दिए ।
उपत्यकासहित सातै प्रदेशमा मतदान सुरु भएको हो । निर्वाचन समितिका अनुसार कोशी प्रदेशको मतदान केन्द्र धरान, मधेसको जनकपुर, बागमतीको भक्तपुर, गण्डकीको पोखरा, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत,सुदूरपश्चिमको धनगढी, उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको वाल्मीकि क्याम्पस रहेका छन् । ती सबै केन्द्रमा मतदान हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण