चौध करोड लागतमा मनाङमा पुल बन्दै
मनाङ । जिल्लाको माथिल्लो क्षेत्रमा पछिल्लो समय पूर्वाधार विकासले प्राथमिकता पाउन थालेको छ । ङिस्याङ गाउँपालिका–५ भ्राकास्थित धार्मिक एवं पर्यटकीय स्थान मिलेरेप्पा गुफासम्म जाने खण्डअन्तर्गत भ्राका नजिकै रहेको मर्स्याङ्दी नदीमाथि मोटरेबल पुल निर्माण गरिने भएको हो ।
सहरी विकास मन्त्रालयले मोटरेबल पुल निमार्णका लागि रु १४ करोड ४९ लाख ४६ हजार बजेट विनियोजन गरेसँगै पुल निर्माण प्रक्रिया अघि बढ्ने सुनिश्चित भएको जिल्लास्थित पर्यटन व्यवसायी समितिका अध्यक्ष विनोद गुरुङले बताए । उनका अनुसार यसअघि सांसद टेकबहादुर गुरुङको समन्वयमा ङिस्याङ–५ को मुङजेबाट मिलेरेप्पा गुफासम्म जाने पाँच मिटर चौडाइ र करिब दुई हजार आठ सय मिटर लम्बाइको मोटर बाटोको ट्रयाक खोलिएको थियो ।
ट्रयाक खोल्ने काम सम्पन्न भएपछि आवागमन सहज बनाउने उद्देश्यले मर्स्याङ्दी नदीमाथि मोटरेबल पुल आवश्यक भएको भन्दै उक्त स्थानमा ५० मिटर लम्बाइ र सात मिटर चौडाइको पुल निमार्णका लागि डिजाइन गरिएको जानकारी दिए । चालु आर्थिक वर्षमा मुङजेबाट मिलेरेप्पा गुफासम्म जाने सडक स्तरोन्नतिसहित मोटरेबल पुल निमार्णका लागि सहरी विकास मन्त्रालयले बहुवर्षीय योजनामा समावेश गरी रु १४ करोड ४९ लाख ४६ हजार बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०८१–८२ का लागि रु दुई करोड ५० लाख, आव २०८२–८३ का लागि रु सात करोड २४ लाख ७३ हजार र आव २०८३–८४ का लागि रु चार करोड ७४ लाख ७३ हजार बजेट विनियोजन भएको ङिस्याङ गाउँपालिका कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विनियोजित बजेटअन्तर्गत सहरी विकास मन्त्रालयले पहिले तयार गरेको नक्सालाई परिमार्जन गरी निर्माण सुरु गरिने छ ।
आगामी तीन वर्षभित्र पुल निर्माण सम्पन्न हुनेछ । यहाँ मोटरेबल पुल निर्माण भएपछि मिलेरेप्पा गुम्बासहित अन्य धार्मिक पर्यटकीयस्थलको प्रचारप्रसार हुनुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीयको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानचेस्टर सिटीमा आबद्ध भए एन्डरसन, पाँच वर्षको सम्झौतामा हस्ताक्षर
-
लोनमा एस्टन भिल्ला पुगे चेल्सीका विङ्गर गार्नाचो
-
मिटरब्याज सम्बन्धी लिखत अवैध घोषणा: पीडितलाई न्यायको आशासँगै कानुनी जटिलताको चाङ
-
मोड्रिच थप एक वर्ष एसी मिलानमै रहने
-
अमेरिका-इरान तनाव र हुथीको आक्रमण: गहिरिँदै पश्चिम एसियाको सङ्कट
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण