पत्रकारितामा युवाको आकर्षणसँगै चुनौती बढेको छ : अध्यक्ष शर्मा

काठमाडौँ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकारिता क्षेत्रमा युवापुस्ताको आकर्षणसँगै चुनौती पनि थप भइरहेको बताएकी छिन् । अध्यक्ष शर्माले पत्रकारिता क्षेत्रको सुदृढीकरण अहिलेको आवश्यकता रहेको बताइन् ।
शनिवार पत्रकार महासङ्घ मकवानपुरको नियमित कार्यसमिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले सामाजिक सञ्जाल र न्यु मिडियाहरूको आगमनसँगै पत्रकारिताको प्रकाशन तथा प्रसारणका सामाग्रीहरू कमजोर बनेको बताइन् । कन्टेन्टहरू परिमार्जन गरी आम पाठक तथा दर्शकहरूको आवश्यकता अनुसारको व्यावसायिक पत्रकारिताको आवश्यकता रहेको उनले बताइन् ।
नागरिकहरूमा पत्रकारिता र सामाजिक सञ्जालको फरकपन बुझाउन जरुरी रहेको उनको भनाई छ । नागरिकहरूमा सामाजिक सञ्जालमा लेखेका कुरा र समाचारमा आएका विषयलाई एउटै रूपमा लिँदा थप समस्या भएको उनले बताइन् ।
उनका अनुसार महासङ्घले पत्रकारहरूको समस्या, हकहित, सेवा सुविधा लगायतका विषयमा बहस गर्नेगरी कार्ययोजना निर्माणको तयारी भएको छ । नीति सञ्चार प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्ने गरी छलफल अघि बढाइएको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् व्यवसायीको आन्दोलनले ठप्प सुनचाँदी पसल
-
चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित
-
परिवारको सपनाको अन्त्येष्टि
-
आफैँले लगाएको करेन्टको तारबारमा परेर एक जनाको मृत्यु
-
सीजी मोटर्स हिरोले पोखरामा ‘एक्सट्रयाक’ कार्यक्रम आयोजना गर्दै
-
काठमाडौँ महानगरमा तोडियो बालेन र सुनिताको संवादहीनता