पत्रकारितामा युवाको आकर्षणसँगै चुनौती बढेको छ : अध्यक्ष शर्मा
काठमाडौँ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकारिता क्षेत्रमा युवापुस्ताको आकर्षणसँगै चुनौती पनि थप भइरहेको बताएकी छिन् । अध्यक्ष शर्माले पत्रकारिता क्षेत्रको सुदृढीकरण अहिलेको आवश्यकता रहेको बताइन् ।
शनिवार पत्रकार महासङ्घ मकवानपुरको नियमित कार्यसमिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले सामाजिक सञ्जाल र न्यु मिडियाहरूको आगमनसँगै पत्रकारिताको प्रकाशन तथा प्रसारणका सामाग्रीहरू कमजोर बनेको बताइन् । कन्टेन्टहरू परिमार्जन गरी आम पाठक तथा दर्शकहरूको आवश्यकता अनुसारको व्यावसायिक पत्रकारिताको आवश्यकता रहेको उनले बताइन् ।
नागरिकहरूमा पत्रकारिता र सामाजिक सञ्जालको फरकपन बुझाउन जरुरी रहेको उनको भनाई छ । नागरिकहरूमा सामाजिक सञ्जालमा लेखेका कुरा र समाचारमा आएका विषयलाई एउटै रूपमा लिँदा थप समस्या भएको उनले बताइन् ।
उनका अनुसार महासङ्घले पत्रकारहरूको समस्या, हकहित, सेवा सुविधा लगायतका विषयमा बहस गर्नेगरी कार्ययोजना निर्माणको तयारी भएको छ । नीति सञ्चार प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्ने गरी छलफल अघि बढाइएको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण