रोहितको कप्तानीमा सन् २०२४ को उत्कृष्ट टी–२० टिम घोषणा
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सन् २०२४ को उत्कृष्ट टी–२० टिम घोषणा गरेको छ। यसमा टोलीमा भारतका चार खेलाडी समावेश भएका छन् ।
टिमको कमाण्ड भारतलाई टी–२० विश्व च्याम्पियन बनाउने रोहित शर्मालाई दिइएको छ । रोहितको कप्तानीमा भारतले फाइनल खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै टी–२० विश्वकपको उपाधि जितेको थियो। ब्याटबाट रोहितको प्रदर्शन गत वर्ष पनि अचम्मको थियो र उनले ११ खेलमा १६० को स्ट्राइक रेटमा ३ सय ७८ रन बनाएका थिए।
रोहितका अलावा जसप्रित बुमराह, अर्शदीप सिंह, हार्दिक पाण्ड्यालाई पनि टोलीमा स्थान दिइएको छ । अष्ट्रेलियाबाट भने ट्राभिस हेड मात्रै टोलीमा परेका छन् । योसँगै बाबर आजम पाकिस्तानका एक मात्र खेलाडी हुन् जसले टोलीमा स्थान बनाएका छन् ।अफगानिस्तानका फास्ट स्पिनर राशिद खान पनि टोलीमा परेका छन् ।
वेस्ट इन्डिजबाट निकोलस पूरन टोलीमा परेका छन् भने जिम्बावेका सिकन्दर रजा पनि टोलीमा स्थान बनाउन सफल भएका छन् । श्रीलंकाबाट वानिन्दु हसरंगालाई टोलीमा स्थान दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण