अखिल क्रान्तिकारीको मतदान सकियो, भोलि बिहानसम्म अन्तिम मतपरिणाम सार्वजनिक हुने
शनिबार, १२ माघ २०८१, १९ : २३
_ehWjqWIxSp.jpg)
काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको मतदान सकिएको छ । अहिले सबै प्रदेशको मुचुल्का उठाउने काम भइरहेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार मत गणना आजै सुरु भए पनि अन्तिम मत परिणाम आइतबार बिहानसम्ममा सार्वजनिक हुनेछ ।
अहिले कुन प्रदेशमा कति मत खस्यो भन्नेबारे संकलन भइरहेको प्रमुख मुक्ति प्रधानले जानकारी दिए । पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय, सदस्य, केन्द्रीय निकायका छुट्टा छुट्टै मतपत्र रहेकाले सबै मत सङ्कलन भएपछि मत परिणाम सार्वजनिक तयारी रहेको प्रधानले बताए ।
उनका अनुसार प्रत्येक प्रदेशमा मतगणना हुनेछ । २३९८ मतदाता रहेकोको करिब ५५ देखि ६० मत खसेको अनुमान गरिएको छ । ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य, केन्द्रीय निकायका पदाधिकारी तथा सदस्यहरूको लागि निर्वाचन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराट कोहलीलाई ‘जोकर’ र उनका समर्थकलाई ‘महाजोकर’ भनेपछि गायक राहुल विवादमा
-
हमास हमलाको जाँच गर्न इजरायली क्याबिनटले गर्यो अस्वीकार
-
पोखरामा श्रीमतीको हत्या गरेर बरालले गरे आत्महत्या
-
श्रीलङ्कामा स्थानीय निर्वाचनका लागि सुरु भयो मतदान
-
वर्षाका कारण बुटवल–नारायणगढ राजमार्गअन्तर्गत दाउन्ने सडक अवरुद्ध
-
वर्षासँगै जलमग्न बन्यो नारायणहिटी उत्तरढोका, तस्बिरहरू