आबुधावीस्थित नेपाली दूतावासमा विशेष काउन्टर राखेर राहदानी नवीकरण, शनिबार ५४८ जनाले लिए सेवा
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नागरिकलाई लक्षित गरी आबुधावीस्थित नेपाली राजदूतावासले विशेष काउन्टर स्थापना गरी राहदानी नवीकरण सेवा सुरु गरेको छ । राजदूतावासमा राहदानी नवीकरण गर्न आउने सेवाग्राहीको सङ्ख्या दिनानुदिन अत्यधिक बढ्दै गएकाले उक्त काउन्टर स्थापना गरिएको जनाइएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको प्रवेशाज्ञाको अवधि समाप्त भइसकेका, राहदानी हराएका र राहदानीको म्याद सकिन लागेका तथा विभिन्न कारणले समस्यामा परी राहदानी नवीकरण गर्नुपर्ने अवस्था भएकालाई यो सेवाले राहत दिएको जनाइएको छ ।
नेपाली नागरिकका लागि विशेष प्राथमिकता दिई सञ्चालन गरिएको शिविरमा पाँच सय ४८ जनाको राहदानी नवीकरण गरेको छ । राहदानी नवीकरणका लागि विशेष काउन्टहरु सञ्चालन गर्ने कार्यमा गैरआवासीय नेपाली सङ्घ, युएईले स्वयंसेवक उपलब्ध गराई आवश्यक सहयोग प्रदान गरेको जनाइएको छ ।
राहदानी नवीकरण प्रक्रियालाई सरल, सहज र छिटोछरितो बनाई प्रभावकारी सेवा प्रदान गर्न दूतावास सधैँ क्रियाशील र कटिबद्ध रहेको दूतावासले जनाएको छ । दूतावासले यसअघि पनि सार्वजनिक बिदाका दिनहरुमा विशेष काउन्टर सञ्चालन गरेर यस किसिमका शिविरहरु सञ्चालन गर्दै आएको र भविष्यमा पनि नेपाली नागरिकको हितलाई ध्यानमा राखी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण