हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको इजरायलको आरोप
आइतबार, १३ माघ २०८१, ०८ : ४७
तेल अभिभ । गाजा पट्टीको उत्तरमा प्यालेस्टिनीहरूको फिर्ती अहिले पनि रोकिएको छ । इजरायलले हमासलाई युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएको छ । यसपछि, गाजा पट्टीको उत्तरमा रहेका हजारौँ विस्थापित प्यालेस्टिनीहरूलाई आफ्नो घर फर्कनबाट रोक लगाइएको हो ।
इजरायलले मुख्य सडक अवरुद्ध गरेको छ । हमासले चार इजरायली महिला सैनिकहरूलाई रिहा गरेर बदलामा इजरायलले २०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेपछि यो विवाद सुरु भएको हो ।
इजरायली नागरिक अर्बल येहुदलाई रिहा नगरेसम्म गाजाका बासिन्दाहरूलाई उत्तरतिर जान अनुमति नदिने इजरायली सरकारले बताएको छ । हमासले उनी जीवित रहेको र अर्को हप्ता रिहा हुने भनिरहेको छ । सम्झौता अनुसार, हमासले सैनिकहरू भन्दा पहिले सर्वसाधारणलाई रिहा गर्नुपर्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण