हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको इजरायलको आरोप
आइतबार, १३ माघ २०८१, ०८ : ४७

तेल अभिभ । गाजा पट्टीको उत्तरमा प्यालेस्टिनीहरूको फिर्ती अहिले पनि रोकिएको छ । इजरायलले हमासलाई युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएको छ । यसपछि, गाजा पट्टीको उत्तरमा रहेका हजारौँ विस्थापित प्यालेस्टिनीहरूलाई आफ्नो घर फर्कनबाट रोक लगाइएको हो ।
इजरायलले मुख्य सडक अवरुद्ध गरेको छ । हमासले चार इजरायली महिला सैनिकहरूलाई रिहा गरेर बदलामा इजरायलले २०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेपछि यो विवाद सुरु भएको हो ।
इजरायली नागरिक अर्बल येहुदलाई रिहा नगरेसम्म गाजाका बासिन्दाहरूलाई उत्तरतिर जान अनुमति नदिने इजरायली सरकारले बताएको छ । हमासले उनी जीवित रहेको र अर्को हप्ता रिहा हुने भनिरहेको छ । सम्झौता अनुसार, हमासले सैनिकहरू भन्दा पहिले सर्वसाधारणलाई रिहा गर्नुपर्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफ्रिकन स्वाइन फिभरले भटाभट बङ्गुर मरेपछि ओसारपसारमा रोक
-
रातोपाटी ब्रिफिङ : ६ महिनाको अवधिमा सरकारको काम जम्मा ४.२ प्रतिशतदेखि यूएईले पाँच हजार नेपाली घरेलु कामदार लैजानेसम्म
-
दिल्लीको मुख्यमन्त्रीमा महिला, रेखा गुप्ता बनिन् दलको नेता
-
ट्रम्पले भने– हामीले युक्रेनलाई अर्बौं डलर दियौँ, बदलामा केही पाएनौँ
-
‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’
-
झलनाथ खनालको आक्रोश : यस्तो तरिकाले पार्टी चल्दैन, जनसङ्गठन पनि चल्दैनन्