थारु बस्तीको भुराखेलमा दिइयो लागुऔषध र ट्राफिक सचेतना
धनगढी । कैलालीको एक थारु बस्तीमा भुराखेल कार्यक्रमकैबिच लागुऔषध दुर्व्यसन र ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।
कैलालीको कैलारी गाउँपालिका ६ बेनौली गाउँको शनिबार भएको भुरा खेल तथा गाउँ सभामा लागुऔषध दुर्व्यसन र ट्राफिक सचेतना कार्यक्रम गरिएको हो ।
प्रायः माघ महिनामा मात्रै हुने भुराखेल कार्यक्रममा थारु बस्तीमा नेतृत्व चयन गरिन्छ । वर्षभरिको प्रगति समीक्षा, नयाँ कार्ययोजना निर्माण गरिन्छ । तर त्यो सँगै बेनौलीमा लागुऔषध दुर्व्यसन विरुद्ध र ट्राफिक नियमबारे सचेतना कार्यक्रम गरिएको गाउँका निवर्तमान भलमन्सा रामऔतार चौधरीले बताए ।
पछिल्लो समयका युवापिढीहरु लागुऔषध दुर्व्यसनमा फस्दै जानुको साथै ट्राफिक नियम उलङ्घनका घटनाहरू बढ्दै गएपछि सचेतनाको कार्यक्रम गरिएको उनको भनाइ छ । इलाका प्रहरी कार्यालय हसलियाका प्रमुख तथा प्रहरी सहायक निरीक्षक दिग्गज ठकुराठी र ट्राफिक पोस्ट हसुलियाका प्रहरी सहायक हवल्दार जगदिश बोहराले लागुऔषध दुर्व्यसन र ट्राफिक नियमबारे धारणा राखेका थिए ।
यसैबिच वडाध्यक्ष प्रेमबहादुर चौधरीलगातको सहभागितामा गाउँघरमा चल्ने गोरुगाडा अर्थात डल्लपहरुमा रिफ्लेक्ट स्टिकर समेत टाँसिएको छ ।

भुराखेलबाट गाउँको नयाँ भलमन्सामा पहलमान चौधरी सर्वसम्मत चयन भएका थिए । भने चौकीदारको लागि निर्वाचन भएको थियो । अत्यधिक मतका साथ गयाप्रसाद चौधरी चौकीदारमा नियुक्त भएका छन् । उनी दुई जना प्रतिश्प्रर्धीलाई हराउँदै निर्वाचित भएका थिए ।
यतिबेला पश्चिम नेपालको थारु बस्तीमा धमाधम नेतृत्व चयन भइरहेका छन् । माघी पर्वलगत्तै गाउँ बस्तीको भुराखेल अर्थात गाउँभेलामार्फत बरघर, भलमन्सा, चौकीदार, चिराकीलगायत नेतृत्व चयन भइरहेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण