म्याग्दीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बेनीबाट सिङ्गा तातोपानीतर्फ जाँदै गरेको ग १ क ५७३५ नम्बरको टिपरले शनिबार साँझ सिङ्गा तातोपानीबाट बेनी आउँदै गरेको ध ७ प ४००५ नं को मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
मोटरसाइकलका चालक मङ्गला गाउँपालिका–३ बरङजाका ४६ वर्षीय थमबहादुर रोकाको मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको र पछाडि बसेका बेनी नगरपालिका–७ मङ्गलाघाटका ४५ वर्षीय प्रेम शाहीको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी निरीक्षक सागर पौडेलले बताए ।
गम्भीर घाइते भएका रोका र शाहीलाई प्रादेशिक अस्पताल बेनीमा सामान्य उपचार पश्चात थप उपचारका लागि शनिबार रातिनै पोखरा पुर्याइएको थियो । टिपरका चालक बेनी नगरपालिका–५ पुलाचौरका ३८ वर्षीय खिमे दर्जी जिल्ला प्रहरी कार्यालय म्याग्दीको नियन्त्रणमा रहेको र उक्त दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण