अखिल क्रान्तिकारी निर्वाचन
कोशी प्रदेशमा पदाधिकारीको मतगणना सम्पन्न, हेमन्त राईलाई फराकिलो अग्रता
आइतबार, १३ माघ २०८१, १३ : २९
काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको कोशी प्रदेश अन्तर्गत पदाधिकारीको मतगणना सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार अध्यक्षका प्रतिस्पर्धीमध्ये हेमन्त राईले सबैभन्दा बढी १२६ मत पाएका छन् ।
दोस्रोमा विजयप्रकाश शर्मा सापकोटाले ५७ मत पाएका छन् । राई र सापकोटाबिचको मतान्तर ६९ रहेको छ । सुदिन पौडेलले १९ मत पाउँदा अर्का प्रतिस्पर्धी उपदेश यादवले ५१ मत पाएका छन् ।
यसैगरी महासचिवमा राई पक्षका रोशन थापा मगरले ९७ मत पाएर अग्रपङ्क्तिमा छन् । सापकोटा पक्षधर सञ्जय महतोले २० मत पाएका छन् । यसैगरी प्रतीक कार्कीले ६३, श्याम रोकाले २७ र तिर्सना हमालले ८ मत पाएका छन् ।
अन्तिममा उम्मेदवारी फिर्ता लिएर महतोलाई समर्थन गरेका शिव बस्नेतको पक्षमा ६ मत परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण